Comments Add Comment

पुनर्निर्माण सीईओसँग प्रधानमन्त्री रुष्ट

सुशील ज्ञवाली
सुशील ज्ञवाली

४ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय पुनर्निर्माण प्रधिकरणका प्रमुख कार्याकारी अधिकृत सुशील ज्ञवालीको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन् ।

आफूले चाहेअनुसार पुनर्निर्माणलाई तीव्रता दिन नसकेको भन्दै प्रधानमन्त्री प्राधिकरण नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

प्राधिकरण निर्देशक समितिका अध्यक्ष प्रचण्डले पुनर्निर्माणले गति लिन नसक्नुका कारण पहिचान गरि।सकेको दावी गर्दै त्यस्ता अवरोध पन्छाएर अघि बढ्ने बताउन थालेका छन् ।

प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालका अनुसार ढिलासुस्ती, प्राधिकरण कर्मचारीको कमजोर इच्छाशक्ति र तदारुकताका कारण पुनर्निर्माणले गति लिन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment