Comments Add Comment

२० औं दिनमा बन्द फिर्ता, पश्चिम नेपालको जनजीबन सामान्य बन्दै

बन्द फिर्ता भएपछि खुलेको गुल्मी सदरमुकाम तम्घास बजार । तस्वीर: अनिल खत्री
बन्द फिर्ता भएपछि खुलेको गुल्मी सदरमुकाम तम्घास बजार । तस्वीर: अनिल खत्री

४ पुस, काठमाडौं । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधन गर्न लागिएको विरोधमा बन्द गरिएका पश्चिम नेपालका जिल्लाहरु २० औं दिनमा खुलेका छन् । बन्द खुलेपछि स्थानीयबासीले राहत महसुस गरेका छन् ।

लामो समयको बन्द हड्तालले सर्बसाधारणको दैनिकी कष्टकर बनेको थियो । बन्दले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, साना व्यवसायी र विरामीहरु सबैभन्दा बढी मर्कामा परेका थिए । उनीहरुले बन्दको विकल्प खोज्न आन्दोलनरत पक्षलाई दबाव दिँदै आएका थिए ।

सोमबारबाट बन्द फिर्ता लिएपछि रुपन्देही, गुल्मी, पाल्पा, लगायतका जिल्लाहरुमा यातायात, बजार, शिक्षण संस्था, कलकारखाना सञ्चालनमा आएका छन् ।

संयुक्त संघर्ष समिति गुल्मीका संयोजक भुवन श्रेष्ठले आन्दोलनको स्वरुपमात्र फेरिएको तर, फिर्ता नभएको बताए । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म जुलुस, सभा, धर्ना लगायतका कार्यक्रम जारी राख्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment