Comments Add Comment

संविधान संशोधनविरुद्ध बहुमत छः एमाले नेता पोख्रेल

Shankar Pokhrel (4)

४ पुस, घोराही । नेकपा एमालेका नेता शंकर पोख्रेलले संविधान संशोधन प्रस्तावविरुद्ध आफूहरुको बहुमत रहेको दाबी गरेका छन् । उनले संशोधन प्रस्ताव सरकारले फिर्ता नलिए प्रधानमन्त्री प्रचण्डको हविगत कटुवाल प्रकरण जस्तै हुने चेतावनीसमेत दिए ।

प्रेस चौतारी नेपाल दाङले सोमबार घोराहीमा आयोजना गरेको अन्तर्क्रियामा नेता पोख्रेलले भने, ‘संशोधन प्रस्ताव फेल बनाउन संसदमा १ सय ९६ मत चाहिन्छ । हामीसँग स्पष्ट २ सय मत छ । सरकारमा सहभागी दलका नेताहरु नै विपक्षमा मत हाल्छौं भन्दै हुनुहुन्छ । यस्तो अवस्थामा हामीले विधिसम्वत तरीकाले प्रस्ताव फेल बनाउँछौं ।’

कटवाल प्रकरणमा माओवादीले समयमा विवेक नपुर्‍याउँदा लज्जास्पद हार भएजस्तै संशोधन प्रस्तावमा पनि विवेक नपुर्‍याए प्रधानमन्त्री पद मात्र नभई मुलुक नै दुर्घटनामा फस्ने चेतावनी उनले दिए ।

माओवादीले संघीयतालाई धरापमा पारेको भन्दै नेता पोख्रेलले भने, ‘आफूलाई संघीयताको च्याम्पियन ठान्ने माओवादीले मुलुकको संघीयतालाई धरापमा पार्ने काम गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment