Comments Add Comment

दुई दिनमा राजनीतिक गतिरोध अन्त्य गर्ने प्रमुख दलको प्रतिबद्धता

3-party-meeting-with-speaker

४ पुस, काठमाडौं । प्रमुख तीन दलले २ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

सभामुख ओनसरी घर्तीसामू प्रमुख प्रतिपक्षी एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले मुलुकलाई निकास दिन अव ढिलाई नगर्ने बचन दिएका हुन् ।

संसदको गतिरोध अन्त्य गर्न सभामुख घर्तीले सोमबार आहृवान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष संविधान संशोधन प्रस्ताव फिर्ता लिने/नलिने आ-आफ्नै अडानमा कायम रहेपनि वार्तामार्फत समस्या समाधान गर्न भने सहमत देखिएका हुन् ।

बैठकको सुरुमै प्रधानमन्त्री दाहालले निर्वाचनमा जान पनि संविधान संशोधन प्रस्ताव ल्याउनु परेको भन्दै विपक्ष एमालेलाई सरकारको बाध्यता बुझिदिन आग्रह गरेका थिए ।

जवाफमा एमाले अध्यक्ष ओलीले राष्ट्रघाती संविधान संशोधन विधयेक फिर्ता नभई अघि बढन नसकिने अडान राखेका थिए ।

बैठकमा नेताहरुले आ-आफनै अडान राखे पनि २ दिनभित्र समस्या समाधान हुने गरी वार्तामा बस्ने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता एवम उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्ताव, निर्वाचनको मिति घोषणा लगायतका विषयमा प्याकेजमै सहमति गर्नका लागि संवाद प्रक्रियालाई तीव्रता दिने सहमति भएको प्रतिक्रिया दिए ।

प्रमुख प्रतिपक्ष एमाले उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको गतिरोध जारी राख्ने अडानबाट पछि हट्न नसकिने स्पष्ट पारे । उनले असंवैधानिक तवरले आएको संविधान संशोधन प्रस्तावको विरोधमा सबै खालका गतिविधि अघि बढाउनु पर्ने अवस्था आएको पनि उल्लेख गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment