Comments Add Comment

युवा संघ रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या

durga-tiwari
तस्वीरमा दूर्गा तिवारीः मृत्युपछि र मृत्युअघि 

४ पुस, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । घटना लगतै बुटबल तनावग्रस्त बनेको छ ।

तिवारीमाथि सोमबार दिउँसो रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । देब्रे कोखामा गोली लागेका उनको रुपेन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

[sam_list]  रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले गोली हान्ने समूहको पहिचान नभएको र खोजीलाई तिव्रता दिइएको जानकारी दिए ।

उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शिल गरिएको र सम्भावित स्थानमा खोजी तिव्र पारिएको बताए । साथै सुरक्षा चेकजाँच बढाइएको छ ।

हत्याको कारण लेनदेन 

अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज राना पुनको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । एक उच्च प्रहरी अधिकारीका अनुसार घटनापछि मनोजले घटना आफूले गराएको भनेका छन् । तर, प्रहरीले भने औपचारिक जानकारी नआएको बताएको छ ।

तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

तिवारीको केवीआई इँटा उद्योग छ । प्रहरीका अनुसार करिब ६ महिना अघि उद्योगमै उनीमाथि आक्रमण भएको थियो । उक्त घटनामा संलग्न ८ जना पक्राउ परेपछि मनोज भागेका थिए ।

पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमले अनलाइनखबरसँग भने, ‘तिवारीमाथि यसअघि पनि आक्रमणको प्रयास भएको रहेछ । त्यही समूह संलग्न भएको हुनसक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

यता नेकपा एमाले र युवा संघले तिवारी घटनाको छानविन गर्न माग गरेको छ । साथै युवा संघले आन्दोलनको घोषणा गरेको छ ।

(सच्याइएकाे – यसअघि  पुनले अात्मसमर्पण गरेकाे र उनी पक्राउ परिसकेकाे व्यहोरा पर्न गएकाेमा त्यसलार्इ सच्याइएकाे छ– सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment