Comments Add Comment

सलमानसँग साहरुख नजिकिएपछि आमिर टाढिए

srk-salman-and-aamir
बलिउडमा स्टारहरुको सम्बन्ध कतिवेला सुध्रन्छ र कतिवेला विग्रन्छ भन्ने पत्तो नै हुँदैन । अब, कुनै समय दुश्मन बनेका नायक साहरुख खान र सलमान खान अहिले नजिकको साथी भएका छन् । यी दुइको मित्रता देखेर डाहा गर्नेहरु धेरै छन् । तर, यहि मित्रताले अर्का खानलाई भने टाढा बनाइदिएको छ ।

नायक सलमान खान डिसेम्बर २७ मा आफ्नो ५१ औ जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसर पारेर सलमानले आफ्ना साथीभाई र आफन्तका लागि आफ्नो फार्म हाउसमा भव्य पार्टीको आयोजना गर्दैछन् ।

सलमानको यो पार्टीमा उनका नजिकका साथी साहरुख खान पनि उपस्थित हुनेछन् । तर, यो पार्टीमा भने आमिर खान उपस्थित हुने छैनन् । केहि समयदेखि सलमान र आमिरविच खासै गतिलो सम्बन्ध चलेको छैन । सायद, यहि कारणले हुनसक्छ, आमिरले सलमानको पार्टीमा नजाने निर्णय गरेका हुन् । सोहि दिन आमिरले पत्नी किरण रावसँग अर्को स्थानमा समय बिताउने मिडियाको भनाई छ ।

आमिरले, किरणका लागि सलमानको जन्मदिनमै किन समय छुट्याए भन्ने प्रश्न मुख्य हो ? के आमिर र सलमानको विचमा शितयुद्ध भएकै कारण यी दुइले टाढाको सम्बन्ध बनाएका हुन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment