Comments Add Comment

प्रधानमन्त्री प्रचण्डले चिनियाँ नेतालार्इ भने-शीलार्इ स्वागत गर्न नेपाल आतुर छ

prachand

पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्यूरो सदस्य लिउ छिबाओले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र प्रकाशन विभागका प्रमूख छिबाओबीच नेपाल र चीनबीच सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध बिस्तारबारे कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

चीनियाँ राष्ट्रपति शी जिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै प्रचण्डले त्यसको जानकारी राष्ट्रपति पिङलाई गराउन छिबाओसँग अनुरोध गरेको उनको निजी सचिवालयले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता छिबाओले नेपाल र चीनबीचको पुरानो सम्बन्धबारे चर्चा गर्दै नेपालले अख्तियार गर्दै आएको एक चीन नीतिका लागि चीनका तर्फबाट धन्यवाद दिए । उनले नेपाल र चीन जोड्ने उत्तरी नाकाबारे चीन अत्यन्तै सकारात्मक रहेको भन्दै आपसी समझदारीमा काम अघि बढाउनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री र छिबाओबीच चीनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रबीच सम्बन्ध सुदृढ गर्नेबारे समेत पनि कुराकानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment