+
+

असन्तुष्टको माग सम्बोधन गर्न स्थानीय निर्वाचनः कानूनमन्त्री नायक

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ६ गते १२:५६

ajaya-shankar-nayak

६ पुस, भक्तपुर । कानूनमन्त्री अजय शंकर नायकले एमाले र मधेसी दलहरुको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानीय तहको निर्वाचन भएको बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कानूनमन्त्री नायकले वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता र सर्वपक्षीय सहमतिको मिलनबिन्दू स्थानीय तहको निर्वाचन भएकाले मधेसी मोर्चा र एमालेले आ-आफ्नो हठ् त्याग्दै निर्वाचन मिति घोषणामा सहयोग गर्नुपर्ने बताए ।

‘सबैले स्थानीय तहको निर्वाचनको बिषय उठाइरहेका छन् तर समितिमा होस् वा संसदमा निर्वाचन बिधयेक रोकिएको अवस्था छ भने प्रतिपक्षले बोलीमा एक र ब्यवहारमा भिन्न रुप देखाइरहेका छन् ।’ मन्त्री नायकले भने, ‘निर्वाचन बिधयेक पास गरी तोकिएकै समयमा निर्वाचन गर्नेतर्फ अगाडि नबढे देशले ठूलो क्षति व्यहोर्नुपर्छ ।’

संविधान संशोधन लगायत सबै बिषयमा प्रमुख दलहरुले सहमतिको सरकार निर्माण गरी राजनीतिक गतिरोधलाई निकास दिनुपर्ने मन्त्री नायकले बताए ।

मन्त्री नायकले वर्तमान समयमा एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्टीको नेतृत्वको भूमिका खेल्दै मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि पहल गर्नुपर्ने बताए ।

मन्त्री नायकले भने, ‘प्रतिपक्षको भूमिका रहेको एमालेले जसरी राष्ट्रवादको कुरो गरिरहेको छ, यो समय सान्दर्भिक छैन । बिदेशीको पैसाले पार्टीको संगठन बिस्तार गर्ने र राष्ट्रवादको कुरा गर्नु असुहाउँदो भएन र ?’

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सरकारले नबुझेको आरोपको खण्डन गर्दै कानूनमन्त्री नायकले आयोगको रिपोर्ट बुझ्ने र आयोगलाई थप सुझाव दिने काम छिट्टै हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?