Comments Add Comment

मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट ? यस्तो छ ला लिगाको रेकर्ड

ronaldo-vs-messi-in-la-liga

यो फुटबलको कहिल्यै नसकिने विवाद हो कि क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीमध्ये को उत्कृष्ट हुन् ?

आ-आफ्ना मनपर्ने स्टारको पक्षमा खुलेरै वादविवादमा उत्रन्छन् समर्थकहरु । तर, स्पेनिस लिगमा गरेको गोलको आधारमा पनि उनीहरुमध्ये को उत्कृष्ट भनेर खुट्याउन कठिन देखिएको छ ।

क्रिष्टियानो रोनाल्डो इंग्लिस महारथी म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आएपछि सन् २००९/१० को सिजनयता बार्सिलोनाका मेस्सी र रोनाल्डोले समान २७० गोल गरेका छन् ।

रोनाल्डोले २४७ खेलमा सो कोशेढुंगा पार गरेका हुन् भने त्यति नै गोलका लागि मेस्सीले २५२ खेल खेलेका छन् ।

पोर्चुगिज सुपरस्टार रोनाल्डोले मैदानमा २१ हजार २०६ मिनेट बिताएका छन् भने बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार मेस्सीले २१ हजार २१८ मिनेट मैदानमा बिताएका छन् । यसमा पनि दुईबीच खासै अन्तर देखिएन ।

तथ्यांकले के पनि बताउँछ भने रोनाल्डोले लिग खेलमा प्रति ७८.५४ मिनेटमा एक गोल गरेका छन् भने मेस्सीले प्रति ७८.५९ मिनेटमा गोल गरेका छन् ।

तर, शट प्रहारलाई गोलमा रुपान्तरण गर्ने मामलामा भने मेस्सी रोनाल्डोभन्दा केहि अगाडि नै देखिएका छन् । मेस्सीको शट रुपान्तरण २८.३३ प्रतिशत छ भने रोनाल्डोको २०.०३ प्रतिशत छ । मेस्सीले ९५३ शट प्रहार गरे भने रोनाल्डोले १३४८ शट प्रहार गरे ।

गोलका लागि बल उपलब्ध गराउने तथा गोलको संभावना बलियो बनाउने तथ्यांकमा पनि मेस्सी रोनाल्डोभन्दा केहिअघि देखिएका छन् । २००९/१० को सिजनयता मेस्सीले १०४ गोल एसिष्ट गरेका छन् भने रोनाल्डोले ७८ एसिष्ट गरेका छन् ।

२००९ यता सबै प्रतियोगितामा गरेको गोलसङख्याको तुलना गर्दा यसमा पनि मेस्सी अगाडि छन् । मेस्सीले ३९० खेलमा ३९६ गोल गरेका छन् भने रोनाल्डोले ३८० खेलमा ३६७ गोल गरेका छन् ।

यसबीचको उपाधि सङ्ख्यामा पनि बार्सिलोनाका मेस्सी अगाडि आए । मेस्सीले यसबीचमा पाँच लालिगा, तीन कोपा डेल रे र दुई च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यता रोनाल्डोले एकपटक लालिगा, दुई स्पेनिस कप र दुई च्याम्पियन्स लिग जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment