+
+

दश हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

रासस रासस
२०७३ पुष ७ गते १८:१४

Teacher

७ पुस, काठमाडौं । गत आवमा १० हजारभन्दा बढी शिक्षकले सम्पत्ति विवरण बुझाएनन् ।

विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले कुल शिक्षक ८२ हजार ६९८ मध्ये १० हजार १५९ शिक्षकले सम्पत्ति विवरण नबुझाएका बताए । उनका अनुसार ७२ हजार ५३९ शिक्षकले सम्पत्ति विवरण बुझाएका छन् ।

उनका अनुसार निर्धारित समय गत भदौ मसान्तसम्म सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी डडेल्धुराका पाँच सय ८६ र कम मनाङका १४ शिक्षक छन् । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही पाँच हजार रूपैयाँ जरिवाना गर्छ ।

उनले सम्पत्ति विवरण बुझाउने–नबुझाउनेको सूची राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइसकिएको बताए । गत वर्ष भने ७२ हजार चार शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएका थिए ।

आयोगले हुलाकबाट दरखास्त रकम बुझ्दै

लोक सेवा आयोगले यस वर्षदेखि हुलाकबाट नै आवेदकको दरखास्त दस्तुर बुझ्न थालेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतस्तरका तहबाट नै आवेदकलाई सजिलो होस् भनेर क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयबाट दरखास्त दस्तुर बुझ्न थालेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायण गौतमले जानकारी गराए।

आयोगका कार्यालय नभएका जिल्लामा हुलाक कार्यालयबाट दरखास्त दस्तुर बुझिएको छ । उनका अनुसार आवेदकले अनलाइन फाराम भरेपछि हुलाक कार्यालयमा गई दस्तुर बुझाउन सक्नेछन् । गौतमले अन्य पदमा पनि पछि हुलाकबाट दरखास्त दस्तुर बुझ्ने जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?