+
+

पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन्

रासस रासस
२०७३ पुष ८ गते १५:२३

८ पुस, काठमाडौं । आर्थिक वर्ष २०७२/७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए ।

nepal-policeउनका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख आठ हजार ८७६ जनाले सम्पत्ति विवरण बुझाएका छन् ।

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी नेपाल प्रहरीका रहेका छन् । नेपाल प्रहरीका ४७७ जना, सशस्त्र प्रहरी बलका २८ जना र राष्ट्रिय अनुसन्धान प्रहरीका २० जनाले सम्पत्ति विवरण बुझाएका छैनन् भने राष्ट्रिय सतर्कता केन्द्र प्रहरी समूहका सबैले सम्पत्ति विवण बुझाएका छन् ।

किताबखानाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी र सतर्कता केन्द्र प्रहरी समूहका सम्पत्ति विवरण बुझ्ने काम गर्दछ ।

अघिल्लो आवमा १६७ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको उनले बताए ।

सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारण गरेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही रु पाँच हजार जरिवाना गर्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?