Comments Add Comment

नेफ्टा अवार्डः ‘अनमोल र पूजा पपुलर, व्यवस्थापन राम्रो हुँदा पनि अवार्ड वितरणमा मनपरि’

nefta-award-fianl-photo-20
यो बर्षको सुरुवातदेखि नै नेपाली चलचित्रको अवार्ड गर्ने लहर नै चलेको छ । एकपछि अर्को अवार्ड भएपनि, उनीहरुले आयोजना गर्नुको औचित्य पुष्टी गर्न सकेका छैनन् । अब, त अवार्ड देखेर चलचित्रकर्मी नै वाक्क बन्न थालेको अवस्था छ ।

अवार्डमा मनलाग्दी पुरस्कार वितरण गर्नु, व्यवस्थापन कमजोर हुनु लगायतका कारणले गर्दा अवार्ड किन गर्ने भन्ने प्रश्न उब्जन थालेको छ ? अझ, विदेशमा आयोजना हुने अवार्ड कार्यक्रममा कलाकारदेखि पत्रकारले दुःख पाउँदा अवार्डको औचित्य सकिदै गएको छ ।

यहि विचमा, थुप्रै चुनौती बोकेर सय बढी कलाकार ‘नवौ नेफ्टा अवार्ड’का लागि विश्वकै चर्चित शहर दुबई पुगेका थिए । शुक्रबार बेलुकी दुबइमा आयोजित यो अवार्डले अहिले चर्चा र आलोचना दुबै भोगिरहेको छ ।
nefta-award-fianl-photo-3 nefta-award-fianl-photo-4 nefta-award-fianl-photo-6
अवार्डमा पुगेका अधिकांश चलचित्रकर्मीले व्यवस्थापन पक्षको प्रशंसा गरेका छन् । तर, नेफ्टाले अवार्डका मुख्य विधामै मनपरी पुरस्कार वितरण गर्दा चर्को आलोचना भएको छ । यसको मुख्य उदाहरणको रुपमा, चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनाल उपस्थित भएर पनि अवार्ड लिन नजानुलाई लिन सकिन्छ ।

यो अवार्डमा पनि नायिका नम्रता श्रेष्ठले ‘उत्कृष्ट नायिका’को अवार्ड ‘क्लासिक’ चलचित्रबाट उचालिन् । नायक दयाहाङ राइले ‘कबड्डी कबड्डी’बाट ‘उत्कृष्ट नायक’को अवार्ड जिते ।

उज्ज्वल घिमिरेले ‘उत्कृष्ट निर्देशक’को अवार्ड चलचित्र ‘वडा नम्बर ६’बाट जितेका छन् । पल शाहले ‘नाइ नभन्नू ल ४’ बाट डेब्यु नायकको अवार्ड जित्दै गर्दा ‘ड्रीम्स’ चलचित्रबाट साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘नव-नायिका’को अवार्ड जितिन् । ‘पशुपति प्रसाद’बाट बिपिन कार्कीले ‘उत्कृष्ट खलपात्र’को अवार्ड उचाले । यी बाहेक ‘सह-अभिनेता’मा ‘पशुपति प्रसाद’बाट प्रकाश घिमिरे,सह-अभिनेत्रीमा ‘जन्मभूमि’बाट निश्मा घिमिरे, ‘नाई नभन्नू ल ४’बाट पुरुषोत्तम प्रधान ‘सर्वोत्कृष्ट छायांकार’, ‘फन्को’बाट बिपिन मल्ल ‘सर्वोत्कृष्ट सम्पादक’को अवार्ड उचाल्न सफल भए ।
nefta-award-fianl-photo-13 nefta-award-fianl-photo-14 nefta-award-fianl-photo-17 nefta-award-fianl-photo-18
चलचित्र ‘प्रेमगीत’बाट रेनशा राई वान्तवाले ‘उत्कृष्ट कोरियोग्राफी’, यहि चलचित्रबाट अर्जुन पोखरेलले ‘उत्कृष्ट संगीतकार’को अवार्ड जित्दा सुगम पोखरेल र अन्जु पन्तले यहि चलचित्रबाट ‘उत्कृष्ट पाश्र्व गायक-गायिका’को अवार्ड जितेका छन् ।

सुवर्ण थापाले ‘फन्को’बाट ‘उत्कृष्ट पटकथा’, विल्सन विक्रम राइले ‘अधकट्टी’बाट ‘उत्कृष्ट हाँस्य कलाकार’, खगेन्द्र लामिछानेले ‘पशुपति प्रसाद’बाट ‘उत्कृष्ट संवाद’, रामबाबु गुरुङले ‘कबड्डी कबड्डी’बाट ‘उत्कृष्ट कथा’, डाक्टर कृष्णहरि बरालले ‘नाई नभन्नु ल ४’बा ‘उत्कृष्ट गीतकार’को अवार्ड पाएका छन् । ‘फन्को’ चलचित्रबाट सुजिल कर्माचार्य ‘उत्कृष्ट ब्याकग्राउन्ड स्कोर’ विधामा अवार्ड जित्न सफल भए ।

उत्तम न्यौपानेले ‘धौली’बाट ‘उत्कृष्ट ध्वनी मिश्रण’ विधामा ट्रफी उचाल्दा, ‘वडा नम्बर ६’ बाट राजन इसानले ‘उत्कृष्ट संगीत संयोजन’का लागि अवार्ड प्राप्त गरे । ‘भैरव’बाट हिमाल केसीले ‘उत्कृष्ट द्धन्द्ध निर्देशक’ विधामा अवार्ड जित्दा पासाङ टी शेर्पाले ‘वडा नम्बर ६’ का लागि ‘उत्कृष्ट कला निर्देशक’को उपाधि जितेका छन् ।

‘प्रेमगीत’बाट युवी थापा र योगिता पुन ‘उत्कृष्ट कस्ट्युम डिजाइनर’ घोषित हुँदा ‘उत्कृष्ट श्रृंगार’ विधामा दीपु पौडेलले ‘को-आफ्नो’बाट अवार्ड जिते । समारोहमा ‘पपुलर नायक’को अवार्ड अनमोल केसीले जित्दा ‘पपुलर नायिका’ भने पूजा शर्मा बनिन् ।

दुइ जना प्राविधिकलाई यसवर्षको ‘लाइफटाइमअ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । डेढसय चलचित्रमा भान्छा सम्हालेका कूलबहादुर महत ‘जेठा दाई’ र नन्दबहादुर गर्मुछान मगरलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित यो सम्मान प्रदान गरियो ।nefta-award-fianl-photo-5 nefta-award-fianl-photo-8 nefta-award-fianl-photo-10 nefta-award-fianl-photo-12 nefta-award-fianl-photo-15 nefta-award-fianl-photo-19

सामाजिक कार्यबापत राष्ट्रिय योगदान दिएको भन्दै सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई पनि सम्मान प्रदान गरियो । निर्देशक दीपाश्री निरौलालाई प्रोत्साहन सम्मान प्रदान गरियो । । ‘नेफ्टा स्वणिर्म सम्मान’बाट तीन कलाकार भुवन चन्द, चैत्य देवी र बसुन्धरा भुषाल सम्मानित भए ।

नेपाल प्रहरीका डीआइजी नवराज सिलवाललाई सुरक्षा स्थापनामा योगदान दिलाएको भन्दै सम्मान गरियो । दुबईस्थित आयोजक संस्था कन्सेप्ट भिजन फिल्म डिष्ट्रिब्यूसनका सालिक सुवेदी, राजन अधिकारी र अनिशसिंह ठकुरीलाई सम्मान दिइयो ।nefta-award-fianl-photo-2 nefta-award-fianl-photo-11

व्यवस्थापनको तारिफ, अवार्डमा मनपरि
दुबई पुगेका चलचित्रकर्मीले अवार्डको व्यवस्थापन राम्रो रहेको प्रतिक्रिया अनलाइनखबरसँग दिएका छन् । दुबई आयोजकले कलाकारका लागि होटलको व्यवस्थापन, स्टेज निर्माणदेखि हरेक कुरामा खुबै मिहिनेत गरेको भन्दै उनीहरुले प्रशंसा पनि गरेका छन् ।

तर, अवार्ड वितरणमा आयोजकले मनोमानी गरिदिदा धेरै कुराहरु छायाँमा पारिदिएका छन् । ‘उत्कृष्ट निर्देशक, उत्कृष्ट सम्पादन, उत्कृष्ट छायांकन, उत्कृष्ट पटकथा’ लगायतका मुख्य विधामै आयोजकले ध्यान दिएको छैन । ‘उत्कृष्ट पटकथा’मा ‘फन्को’ले अवार्ड जितेको छ । तर, ‘उत्कृष्ट चलचित्र’ ‘पशुपति प्रसाद’लाई वितरण गरिएको छ भने ‘उत्कृष्ट निर्देशक’को विधामा ‘वडा नम्बर ६’बाट उज्ज्वल घिमिरेले अवार्ड जितेका छन् ।

यसैले पनि आफ्नो ‘इथिक्स’ले नै नदिने भन्दै निर्देशक दीपेन्द्र के खनाल ‘उत्कृष्ट चलचित्र’को अवार्ड नै लिन गएनन् । यस्तो निर्णय जुरीकै थियो या आयोजकको दबाबका कारण हुन गयो भन्ने खुल्न सकेको छैन ।

सुरुवातदेखि नै विवादमा पर्दै आएको ‘नवौ नेफ्टा अवार्ड’ मनपरि अवार्ड वितरणका कारण विवादमुक्त हुन सकेन । जब, चलचित्रकर्मीको सम्मान नै गर्न सकिदैन भने अवार्ड आयोजना गर्नुको अर्थ के हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment