Comments Add Comment

नाजिर र अनुपसँग साम्राज्ञीको बोन्डिङ

samragyee-selfi
यो बर्ष आयोजना भएका सबैसँग अवार्डमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नव-नायिका विधामा अवार्ड जितिरहेकी छिन् । उनले अवार्ड पाएपछि अन्य नव-नायिकाहरु यसबर्ष छायामा परे ।

उनै साम्राज्ञी दुबइमा आयोजना भएको अवार्ड समारोहमा पनि नव-नायिकाको विधामा उत्कृष्ट भइन् । तर, उनले फेसबुकमा शेयर गरेका ३ तस्बिर भने अहिले चर्चामा छन् । साम्राज्ञीले शेयर गरेको ३ तस्बिरमध्ये २ वटामा नायकद्धय अनुपविक्रम शाही र नाजिर हुसेन देखिएका छन् ।

नाजिरसँग साम्राज्ञीले नयाँ चलचित्र ‘तिमीसँग’ काम गर्दै छिन् भने अवार्डमा उनले अनुपसँग नृत्य गरेकी थिइन् । दुबइमा पुगेपछि अनुपले खिचेको सेल्फीमा पनि साम्राज्ञी र नाजिर नै थिए ।

यसको अर्थ, अब साम्राज्ञीको चलचित्र क्षेत्रमा अनुप र नाजिरसँग राम्रो बोन्डिङ हुन थालेको हो त ? तस्बिरले त यस्तै देखाउँछ ।

साम्राज्ञीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment