Comments Add Comment

सवारी लाइसेन्सको आवेदन अनलाइनमा, बागमती अञ्चलबाट सुरु

ramesh-lekhak-license-3
१० पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन चाहनेहरुका लागि खुसीको खबर छ । घण्टौं लाइनमा बसेर फारम लिने र बुझाउने झन्झटका दिन अब समाप्त भएका छन् ।

किनकि यातायात व्यवस्था विभागले अनलाइनबाटै फारम भर्ने सुविधा सुरु गरेको छ । यो सुविधा भोलि सोमबारदेखि सुचारु हुनेछ ।

अनलाइन फारम भर्ने सेवा आइतबार यातायात मन्त्री रमेश लेखकले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेर उदघाटन गरेका छन् ।

ramesh-lekhak-license-1
यो सेवा सुचारु भएपछि सोमबारदेखि घरमै बसीबसी लाइसेन्स आवेदन फारम भर्न सकिने छ । अनलाइन आवेदन फारम भर्ने सुविधा हाललाई वागमती अञ्चल कार्यालयमामात्रै छ । फारम भने देशभरिबाटै भर्न सकिनेछ । तर, सुरुवात चरणमा यो सेवा दुईपांग्रे सवारी साधनको लाइसेन्सका लागि मात्रै लागू गरिएको छ ।

विभागका अनुसार अनलाइन फारम भरेकाहरुको लिखित परीक्षा र ट्रायल सबै काठमाडौं उपत्यकामै हुनेछ ।

ramesh-lekhak-license-2
अनलाइन फारमको व्यवस्थापछि घन्टौं लाइन बस्नुपर्ने बाध्यता हट्ने यातायात व्यवस्था विभागले दाबी गरेको छ । साथै बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्ने विश्वास गरिएको छ ।

यो पनि पढ्नुहोस्

लाइसेन्सका लागि अनलाइन फारम दुई पांग्रेका लागि मात्र (फारम भर्ने तरिकासहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment