+
+
Shares

५ आरोपः पैसाको लागि जस्तो पनि भिडियो खेलेकी छैनः केकी अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १२ गते ११:३९

keki
केकी अधिकारी पछिल्लो समयकी चल्तिकी नायिका हुन् । दर्जनको हाराहारीमा चलचित्रमा काम गरेकि केकीले तीनसय बढी म्युजिक भिडियोमा अभिनय गरेकि छिन् । अध्ययनशील नायिकाको रुपमा चिनिने केकीलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. तपाई घमण्डी हुनुहुन्छ भन्ने आरोप छ नि ?
म पटक्कै घमण्ड नगर्ने केटी हुँ । तपाई कस्तो सिम्पल भनेर टिप्पणी गर्नेहरु धेरै हुनुहुन्छ । किनकी मलाई घमण्डी हुनै आउँदैन । अर्को कुरा म सुटिङमा कहिल्यै यस्तो चाहियो उस्तो चाहियो भनेर माग गर्दिन । यो भएन भनेर बारम्बार भन्ने पनि गरेकी छैन ।

२. तपाई सुटिङमा ढिला पुग्नु हुन्छ भनेर आरोप लगाउँछन् धेरै चलचित्रकर्मी ?
म सुटिङमा समयमा नै पुग्ने नायिकाको रुपमा चिनिन्छु । यस विषयमा मलाई हैन मैले काम गरेका सहकर्मीलाई सोध्नु भयो भने पनि पुष्टि हुन्छ । म एकजना ढिला पुगेँ, भने सिंगै टिमको समय खेर जान्छ भन्नेमा सचेत छु । त्यसकारण पनि सुटिङमा समयमै पुग्छु ।

३. पैसाको लागि जस्तो पायो त्यस्तै भिडियोमा काम गर्नु भयो भन्छन् नि ?
मैले काम गरेको भन्दा छोडेको भिडियो धेरै छ । आधा गिलास पानीलाई जसरि पनि ब्याख्या गर्न सकिन्छ । आधा भरि छ भन्न पनि पाईन्छ वा आधा खाली छ भन्न पनि पाईन्छ । घरायसी समस्या पनि थियो, त्यसकारण एक समय धेरै काम गरेँ । पुरै छानेर मात्रै खेलेँ भन्दिनँ । तर, कतिपय भिडियोको परिणाम राम्रो आएन । मेरो कारण त्यस्तो भएको हैन । कतिपय काम गर्ने सिलसिलामा पहिला भने जस्तो पछि नहुँदो पनि रहेछ ।

४. चलचित्र एउटै हिट छैन । तर, आफूलाई सुपरस्टार ठान्नुहुन्छ ?
मैले आजसम्म आफुलाई सुपरस्टार भनेकी छैन । चलचित्र नचलेको कुरा गर्नु भयो । मैले अभिनय गरेका चलचित्र हिट नभएपनि लगानी उठाएको छ । ‘आइ एम सरी, फन्को, हाउ फन्नी’ लगायतका चलचित्रले लगानी उठाएको थियो ।

५. मिडियाबाजीमा रमाउनुहुन्छ भन्ने आरोप छ नि ?
त्यो पनि हैन । पहिला मिडियाका कोहीसँग पनि चिनाजानी थिएन । काम गर्ने क्रममा चिनाजानी भयो । कार्यक्रममा भेट हुँदा सामान्य गफ हुन्छ मिडियाकर्मीसँग । तर, मिडियाबाजी गरेरै चर्चामा आउने काम मैले गरेकी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?