काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित तीन स्रष्टालाई साझा सम्मान वितरण गरिएको छ । जनही २५ हजार १०१ रुपैयाँ र ताम्रपत्रसहित स्रष्टाहरुलाई सम्मान गरिएको हो ।
पुल्चोकस्थित साझा प्रकाशनमा बुधबार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रकवि घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र आख्यानकार मदनमणि दीक्षितलाई सम्मान अर्पण गरे ।
नेपाली भाषा, साहित्य र संस्कृतिमा गरेको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो ।
सोही समारोहमा प्रधानमन्त्री प्रचण्डले समालोचक निनु चापागाईको ‘पूर्ववाद र सइदेली विचार’ र प्रा.डा. ताराकान्त पाण्डेयको ‘मार्क्सवाद, सांस्कृतिक अध्ययन तथा साहित्यको समाजशास्त्र’ लोकार्पण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4