Comments Add Comment

बर्ष २०१६ः अक्षयको सय करोडको रेकर्ड, रणवीर र ऋतिक असफल

rustam-and-mohenjo-daro-final
बर्ष २०१६ बलिउड चलचित्र नगरिका लागि सामान्य रह्यो । केहि, चलचित्रले बक्स अफिसमा हंगामा मच्चाए भने, धेरै चलचित्र असफल बने । यो बर्ष बलिउडका खेलाडी कुमार अक्षय कुमारका लागि विशेष रहन पुग्यो । कथावस्तुमा ध्यान दिदै आएका अक्षयका चलचित्रमा देशभक्ति कथा पाइन्छ ।

यो बर्ष उनी अभिनित ३ चलचित्र रिलिज भए । जसमा ‘एयरलिफ्ट, हाउसफूल ३, रुस्तम’ थिए । यी तिनै चलचित्रले भारतीय बक्स अफिसमा १ सय करोड माथिको व्यापार गरे ।

‘एयरलिफ्ट र रुस्तम’ले राष्ट्रियताको कथा भनेका थिए भने ‘हाउसफूल ३’ कमेडी चलचित्र थियो । एकै बर्षमा एउटै नायकका ३ चलचित्रले सय करोड माथिको व्यापार गरेको यो पहिलो रेकर्ड थियो ।

यो बर्ष नायक रणवीर सिंह र ऋतिक रोशनका लागि खराब रहन पुग्यो । २ बर्षपछि चलचित्र ‘मोहेन्जे दारो’मार्फत ऋतिक दर्शकमाझ आए । तर, यो चलचित्र बक्स अफिसमा पूर्ण रुपमा चैट भयो । जसले, ऋतिकको स्टारडममा ठूलो धक्का पनि लाग्यो ।

यसैबर्ष, नायक रणवीर सिंहको चलचित्र ‘वेफिक्रे’ रिलिज भयो । यशराज ब्यानरबाट बनेको यो चलचित्रमा रणवीरले नायिका वाणी कपुरसँग चुम्बन नै चुम्बन गरे । तर, उनको चुम्बनले कमाल गरेन । चलचित्र बक्स अफिसमा असफल रहन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment