+
+
Shares

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः बाबुराम

'प्रतिगामी शक्तिलाई सहयोग गर्दा न्याउरी मारी पछुतो होला'

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १५ गते १८:०७

 

Baburam bhattrai

१५ पुस, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । साथै संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन समेत दलहरु असफल भएको बताएका छन् ।

शुक्रबार सार्वजनिक अपील जारी गर्दै संयोजक भट्टराईले भनेका छन्, ‘संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु पछि हट्न खोजिराखेका छन् । यसको फाइदा उठाउँदै अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरुले जनतामा भ्रम छर्न प्रयत्न गर्दैछन् ।’

राजनीतिक अस्थीरता र दलहरुको असफलताले निराश बनाएको बेला जो-कसैले दल र राजनीतिलाई गाली गर्दा क्षणिक आनन्द भएपनि समाधान नहुने उनले बताएका छन् । ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन बरु अझ उन्नत लोकतन्त्र हो,’ उनले भने, ‘संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाऔं, लोकतन्त्रलाई अझ उन्नत बनाऔं, वैकल्पिक राजनीति निर्माण गरौं ।’

पूर्वप्रधानमन्त्री भट्टराईले अघि भने- निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ । त्यसैले यसतर्फ सबैलाई सचेत गराउन चाहन्छौं ।

साथै उनले हिजोका आफ्नै प्रतिवद्धताबाट पछि हट्ने दुस्साहस नगर्न दलहरुलाई समेत गराएका छन् ।

नयाँ शक्ति नेपालका संयोजक भट्टराईले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधनमार्फत संविधानलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।

राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक संसद् उत्तम विकल्प भएको भन्दै उनले भनेका छन्, ‘यो पक्षलाई पनि सँगसँगै सच्याएर अघि बढौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?