+
+
Shares

के साहरुखसँग काम गर्दैछिन् प्रियंका ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १६ गते १२:४४

srk-and-priyanka
चलचित्र ‘डन २’ जोडी नायक साहरुख खान र नायिका प्रियंका चोपडाविचको प्रेम चर्चाले कुनै समय मिडिया खुबै तात्यो । खबर यस्तो पनि आयो कि, साहरुख र प्रियंकाको प्रेमकै कारण खान परिवारमा झगडा सुरु भएको छ ।

जब, मिडियामा यस्ता खालका बयान सार्वजनिक हुन थाले, साहरुख र प्रियंकाले दुरी बनाए । एक अर्कासँग चलचित्र खेल्न त परै जाओस्, भेटघाट गर्न पनि छाडे । तर, अहिले फेरि साहरुख र प्रियंका एकसाथ चलचित्रमा देखिन लागेको खबर सार्वजनिक भैरहेको छ । साहरुख र प्रियंकाले निर्देशक संजयलिला भन्सालीको नयाँ चलचित्रमा काम गर्न लागेको खबर सार्वजनिक भैरहेको छ । यो बिषयमा तिनै पक्षले केहि बोलेका थिएनन् ।

तर, यस बिषयमा पहिलो पटक नायिका चोपडाले मुख खोलेकी छिन् । उनले भनेकी छिन्–‘म भारत आएपछि संजय सरसँग भेटघाट गरेकी छु । तर, अहिलेसम्म कुनै चलचित्रमा काम गर्ने बिषयमा हाम्रो कुरा नै भएको छैन ।’

उनले आफूले अहिलेसम्म कुनै बलिउड चलचित्रमा काम गर्ने भनेर संझौता नगरेको समेत सुनाइन् । साहरुख र प्रियंकालाई एकसाथ पर्दामा हेर्न चाहेका उनीहरुका फ्यान फेरि एकपटक निराश हुनुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?