Comments Add Comment

सुर्योदय लघुवित्तको कारोबार खुला, मूल्य रेञ्ज १६२ देखि ४८६ रुपैयाँ

share-ipo

१७ पुस, काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्थाको आजबाट सेयर कारोबार गर्न सकिने छ । कम्पनीले पहिलो कारोबारको लागि एक सय ६२ रुपैयाँ देखि चार सय ८६ रुपैयाँको मूल्य ब्याण्ड पाएको छ । नेप्सेले संस्थाहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य ब्याण्ड दिने चलन रहेको छ ।
तर मंसिर पहिलो साता नै सेयर सूचीकरण भएपनि सेयर डिम्याट हुन समय लागेपछि कारोबार ढिलो सुरु भएको हुनसक्ने देखिन्छ । नेप्सेमा सेयर सूचीकरण भएको ७ दिनमा पहिलो कारोबार गर्न पाइने व्यवस्था छ ।
लगानीकर्ताहरुले आपुर्ती कम गरेर भएपनि माथिल्लो मूल्य ब्याण्डमा नै कारोबार गराउने चलन रहेको छ । यो आधारमा हेर्ने हो भने प्राथमिक सेयरमा प्रतिकित्ता एक सय रुपैयाँ हाल्ने लगानीकर्ताले पहिलो कारोबारमा नै करीब पाँच गुणा प्रसितफल पाउँने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment