Comments Add Comment

नेपालबिरुद्धको खेलअघि भारतीय प्रशिक्षक भन्छन्- यो हाम्रा लागि फाइनल सरह हो

indian-womens-football-team

१७ पुस, काठमाडौं । चौथो साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपालबिरुद्धको सेमिफाइनल खेलअघि भारतीय महिला टोलीका मूख्य प्रशिक्षक साजिद दारले नेपालबिरुद्धको अघिल्लो प्रदर्शनलाई गहिरिएर हेर्नुको तुक नहुने बताएका छन् ।

यसअघि दक्षिण एशियाली खेलकुद अन्तर्गत स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० ले पराजित भएको प्रशंग आएपछि साजिदले इतिहासलाई नकार्दै भनेका छन् कि, ‘यस प्रतियोगिताको लागि नेपालले पर्याप्त तयारी गरेको छ ।’

बिपक्षी टिमको सवल पक्ष, बंगलादेशबिरुद्ध आफ्नो टिमको कमजोर फिनिसिङ र टिमको आत्मविश्वासबारे भारतीय प्रशिक्षक साजिदसँग गरिएको कुराकानीको संक्षेपः

यसमा कुनै शंका छैन कि नेपाल प्रतियोगितामा सहभागी टिमहरुको तुलनामा सबैभन्दा बलियो छ । साफका लागि उनीहरु पूर्ण रुपमा तयार छन् । नेपाल निक्कै बलियो टिम हो र हमेसा हाम्रो कठिन प्रतिद्वन्द्वी हो ।

मैले सुनेको छु कि नेपाली टोलीले प्रतियोगिताका लागि २ महिनादेखि तयारी गरेका छन् । दुई महिना एकै ठाउँमा रहनु र प्रशिक्षण गर्नुले उनीहरु कति बलियो छन् बुझ्न सकिन्छ । यसबीचमा नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेलेको थियो र त्यहाँ पनि उनीहरु उत्कृष्ट देखिएका थिए । हामीले उनीहरुलाई उच्च स्तरको मानेका छौं ।

पछिल्लो पटक फेब्रुअरी २०१६ मा भएको साग गेम्समा भारतले एकपक्षीय खेल्दै चार गोल गरेको थियो । तर त्यो इतिहासको कुरा भइसक्यो । खेलमा सधैं एउटै नतिजा आउँछ भनेर ग्यारेन्टी गर्न सकिँदैन । यो नयाँ प्रतियोगिता हो र सबैकुरा यहाँ परिवर्तित छन् । तर, एउटा कुरा चाहीँ के सत्य हो भने अघिल्ला नतिजाले हामीलाई आत्मविश्वासी बनाउँछ र हाम्रो क्षमताबारे पनि ज्ञान दिलाउँछ ।

साग गेम्ससँग तुलना गर्नुपर्दा, मलाई लाग्छ कि नेपालले यस प्रतियोगिताका लागि निक्कै बढी तयारी गरेको छ । उसले समूह चरणमा खेलेको खेलहरु नै होर्नुहोस्, जोसुकैले भन्न सक्छन् कि नेपाल अहिले नयाँ योजना अनुसार मैदानमा आएको छ ।

बंगलादेशबिरुद्धको बराबरी नतिजाले भारतीय टिमलाई झड्का लागेको भनिएको छ, जुन बिल्कुल होइन । हामीले बंगलादेशसँग निक्कै उत्कृष्ट फुटबल खेल्यौं, जसको सबैले सराहना गरे । राम्रो हुँदाहुँदै आलोचनात्मक के रहृयो भने हामी बराबरीमै रोकियौं । फुटबलमा कहिलेकाहीँ यस्तो अप्रत्यासित नतिजाको सामना गर्नुपर्छ ।

तर, केहि यस्ता नतिजाहरु हुन्छन् जसले तपाईंलाई अधिक प्रेरित गर्नेछ र टिमका नराम्रा पक्षहरु सुधार गर्ने मौका दिन्छ ।

बंगलादेशले खेलमा पूरै डिफेन्सिभ फुटबल खेल्यो । हामीले खेलमा निक्कै मौकाहरु पायौं तर बललाई फ्रेममा पार्न सकेनौं ।

प्रशिक्षण सत्रमा हामीले फिनिसिङ सुधार्नका लागि निक्कै मेहनत गरेका थियौं । तपाईंले यसअघि अफगानिस्तानबिरुद्धको हाम्रो खेल स्मरण गर्नुहोस् । त्यस खेलमा हामीले पाँच गोल गरेका थियौं । पक्कै पनि केहि सुधार गर्नुपर्ने जरुरी त छ तर फिनिसिङ हाम्रो मूख्य समस्या होइन ।

नेपालबिरुद्धको सेमिफाइनल अघि हाम्रो महिला टोलीले मात्र एक दिनको आराम पाएको छ । जवकी नेपाललाई दुई दिनको आराम छ । तर, हामी मैदानमा उत्कृष्ट प्रदर्शन गर्न तयार छौं । हामी विश्वस्त छौं कि सबै योजना मुताविक हुनेछ । यो खेल हाम्रा लागि फाइनल सरह हो ।

अल इण्डिया फुटबल फेडेरेसनको अफिसियल वेबसाइटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment