Comments Add Comment

अभिषेकको फिल्ममा ऐश्वर्यालाई ठाउँ छैन

aish-abhi3

पति-पत्नी हुनुअघि अभिषेक बच्चन र ऐश्वर्या रायले थुप्रै फिल्ममा सँगै काम गरेका थिए । विहेपछि पनि उनीहरु रावण र सरकार राजमा एक साथ देखिए ।

अहिले अभिषेकले आफ्नो होम प्रोडक्सनबाट नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । तर, यो फिल्ममा ऐश्वर्या हिरोइन हुने छैनन् । आफूले बनाउने फिल्ममा श्रीमतीलाई नायिका लिन अभिषेक अनिच्छुक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै ए दिल है मुस्किलमा देखिएकी ऐश्वर्या श्रीमानले बनाउने फिल्मलाई लिएर निकै उत्सुक थिइन् । उनले आफैं यसमा हिरोइन भएर काम गर्न चाहन्थिन् । तर अभिषेकले यो फिल्मको हिरोइनको लागि ऐश्वर्याको उमेर बढि भएको भन्दै नयाँ अनुहारको खोजीमा जुटेका छन् । हाउसफुल ३ बाट सफलता पाएका अभिषेकले बनाउन लागेको फिल्म लेफ्टीलाई प्रभु देवाले निर्देशन गर्नेछन् ।

अभिषेक र ऐश्वर्याले विगतमा गुरु, रावण, कुछ ना कहो, ढाई अक्षर प्रेमके, उमराव जान र सरकार जस्ता फिल्महरुमा सँगै काम गरेका थिए । रावणमा दर्शले यो जोडीलाई खुबै रुचाएका थिए । ऐश्वर्या र अभिषेकको विवाह २० अपि्रल २००७ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment