Comments Add Comment

माओवादीलाई अर्को चुनावमा बत्ती बालेर खोज्नुपर्छः झलनाथ

'संसदमा हामीलाई पेल्न खोजियो भने ठेल्न बाध्य हुन्छौं'

 

Jhalanath-Khanal

१८ पुस, भक्तपुर । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संसदमा बलजफ्ती संविधान संशोधन विधेयक पेश गर्न खोजिए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

प्रेस चौतारी भक्तपुरले सोमवार आयोजना गरेको पुस २२ गतेको प्रदर्शन सम्बन्धी अन्तरक्रियामा बोल्दै खनालले भने- हामीलाई पेल्न खोजियो भने ठेल्न बाध्य हुन्छौं । संसदमा जबर्जस्ती गरिए प्रतिकार हुन्छ ।

खनालले प्रदेश नम्बर ५ को सीमाना हेरफेर गरेर मधेस-पहाड अलग गर्ने एजेण्डा नेपालभित्र नभई बाहृय निर्देशनमा भइरहेको दाबी गरे । उनले भने-विदेशीको एजेण्डा नेपालको संसदबाट जबर्जस्ति पारित गर्न दिन्नौं ।

खनालले पुस २२ गते एमालेसहित संविधान संसोधनको विपक्षमा रहेका दलहरुको प्रदर्शनले संविधान संशोधन बिरुद्ध जनमत प्रकट गर्ने बताए । उनले सो जनप्रदर्शन एमालेकोमात्र नभई देशभक्तहरुको भएकाले सबै सहभागी हुन आह्वान गरे ।

एमाले नेता खनालले माओवादी आफ्नै कारण पतनको दिशामा गएको भन्दै यही प्रकारले अघि बढ्ने हो भने अर्को चुनावसम्म बत्ती बालेर खोज्नुपर्ने टिप्पणी गरे ।

खनालले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने नियत विधेयकमा रहेको भन्दै नेपालका कुनै पनि समुदायको मातृ भाषा नभएको हिन्दी जबर्जस्ति लाद्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment