Comments Add Comment

शाही हत्याको विरोधमा ताप्लेजुङका सरकारी कर्मचारी आन्दोलित, सोमबार दुई घण्टा ‘पेनडाउन’

taplejungko-sarkari-karmachari१८ पुस, काठमाडौं । ताप्लेजुङस्थित इलाका वन कार्यालय खोक्लिङमा कार्यरत गणेश शाहीको आइतबार हत्या भएको विरोधमा त्यहाँका सरकारी कर्मचारीहरु आन्दोलित भएका छन् ।

हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै सोमबार ताप्लेजुङकका सरकारी कर्मचारीहरुले दुई घण्टा काम ठप्प पारेका छन् । जिल्लामा रहेका विभिन्न पेसागत कर्मचारी संघ/संगठनको आहृवानमा सोमबार बिहान १० बजेदेखि मध्यान्न १२ बजे सम्म पेनडाउन गरेका हुन् ।

शाहीको हत्यापछि निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन -संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, स्थानीय विकास कर्मचारी संगठन र गाविस सचिव हकहित संरक्षण केन्द्रले संयुक्त तथा फरक-फरक प्रेस विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकलाई राष्ट्रसेवक सहिद घोषणा गर्नुपर्ने, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षाको व्यवस्था गर्नुपर्ने माग समेत राखेका छन् ।

उनीहरुले सोमबार बिहान ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीलाई सुरक्षाको प्रत्याभुति हुनेगरी सुरक्षा दिन माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउँदै निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालले माग पूरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

जिल्ला वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुुख दानबहादुर श्रेष्ठले कर्मचारीको हत्या भएकाले अब गाउँमा गएर काम गर्ने सक्ने स्थिति नभएको वताएका छन् ।

निजी र सामुदायिक वनको सीमाना विवादले उग्र रुप लिएपछि भएको झडपमा शाहीको हत्या भएको थियो । स्थानीय सविन लिम्बुले शाहीको घाँटी रेटेर हत्या गरेको प्रत्यक्षदर्शीले वताएका छन् ।

लिम्बुलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment