Comments Add Comment

मिस गौरको उपाधी शेलिसालाई

रौतहट । रोयल इन्टरटेनमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट वीरगञ्जद्वारा आयोजित मिस्टर एण्ड मिस गौर प्रतियोगिताको उपाधी सौरभ झा र शेलिसा श्रेष्ठले जितेका छन् ।

miss-gaur-shelisha-shresth-finalरौतहटमा पहिलोपटक आयोजना गरिएको सो प्रतियोगितामा सहभागी २२ जनालाई पछाडि पार्दै पुरुष तर्फ मिस्टर गौरको उपाधी सौरभ झाले जितेका हुन् भने महिला तर्फको मिस गौरको उपाधी शेलिसा श्रेष्ठले जितेकी हुन् ।

मिस्टर र मिस गौरका विजेतालाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता दुबै जनालाई आयोजकले विभिन्न म्यूजिक भिडियो र कार्यक्रममा सहभागी गराउने जनाएको छ ।

एक साता अघिदेखि शुरु भएको प्रतियोगिताको विभिन्न चरणमा सहभागीहरुलाई हिँडाई, बोलाईका साथै मिडिया फेस गर्ने तरिका लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

युवा तथा युवतीहरुलाई उत्कृष्ट छान्नका लागि विभिन्न चरणमा लिइएको अडिसनबाट छानिएका १२ युवा र १० जना युवतीलाई गौर राइस मिल्सको कबड हलमा हजारौं दर्शकहरुका बीच अन्तिम प्रतियोगिता गराइएको थियो । त्यसमध्येबाट उत्कृष्ट पाँच-पाँच जनालाई निर्णायकहरुले प्रश्न सोधेका थिए । निर्णायक मण्डलले सोधेको प्रश्नको सटिक एवं सही जवाफ दिँदा सौरभ र शेलिसा मिस्टर र मिस गौर २०१६ को उपाधी जित्न सफल भएको आयोजक समितिले जनाएको छ ।

मिस्टर र मिस गौरका विजेतालाई शिल्ड, तथा प्रमाण पत्र प्रदान गरीएको थियो । विजेता दुवै जनालाई आयोजकले विभिन्न म्यूजिक भिडियो र कार्यक्रममा सहभागी गराउने जनाएको छ ।

गौरमा पहिलोपटक कार्यक्रम आयोजना गर्दा थुप्रै चुनौतीहरु सामना गर्नुपरेको आयोजक रोयल इन्टरटेनमेन्टका राजेश झाले बताए । तराई मधेसका जिल्लाहरुमा रौतहटको गौर जस्तो ठाउँमा मिस्टर र मिस गौर प्रतियोगिता गराउन निकै कठिनाई भएको बताउँदै आयोजक समितिका झाले मधेसको संस्कृतिमा यस प्रकारको कार्यक्रम गर्नुपूर्व अभिभावकहरुलाई कार्यक्रमप्रति सकारात्मक बनाउन कठिन भएपनि कार्यक्रम सबैको सहयोगले कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment