Comments Add Comment

सन् २०१७ मा बलिउड स्टारबीच स्टारपावरको भिडन्त

srk-and-anuska
सन् २०१७ को प्रवेशसँगै यतिबेला बलिउड चलचित्र नगरिका लागि यो बर्ष कस्तो रहन्छ भनेर चर्चा सुरु भैसकेको छ । गतबर्ष, ८ वटा सय करोड क्लबका चलचित्र बलिउडले पाएको थियो । ठूला स्टार र ब्यानरका चलचित्र नै असफल हुँदा कथावस्तु राम्रो भएका चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरे ।

यो बर्ष पनि बलिउडमा स्टारहरुको चलचित्र प्रदर्शनमा आउँदैछन् । यो बर्ष बलिउडमा साहरुख खान, सलमान खान, आमिर खानदेखि अक्षय कुमार, ऋतिक रोशन, रणवीर सिंह, साहिद कपुर, सैफअली खान, अजय देवगण लगायतका स्टारहरुको चलचित्र रिलिज हुनेछ ।

नायक साहरुख खानको ‘रइस’ जनवरी २५ मा रिलिज हुँदैछ । यो चलचित्रमा उनी गुजराती डनको भूमिकामा देखिएका छन् । साहरुख र नायिका अनुष्का शर्मा अभिनित चलचित्र ‘द रीङ’ पनि अप्रिल ११ मा रिलिज हुँदैछ ।

नायक सलमान खान चलचित्र ‘ट्यूबलाइट’मार्फत इदमा दर्शकमाझ आउँदैछन् । इदमा रिलिज भएका उनका चलचित्रले बम्पर व्यापार गर्दै आएका पनि छन् । नायक आमिर खानको केमियो भूमिका रहेको चलचित्र ‘सेक्रेट सुपरस्टार’ अप्रिल ४ मा रिलिज हुनेछ ।

नायक अक्षय कुमार अभिनित चलचित्र ‘जोली एलएलबी २’ त फ्रेवुअरी १२ मै रिलिज हुँदैछ । उनले अभिनय गरेको अर्को चलचित्र ‘ट्वाइटलेः एक प्रेम कथा’ पनि यसै बर्ष रिलिज हुनेछ ।

सैफअली खान, साहिद कपुर अभिनित चलचित्र ‘रंगुन’ यसैबर्ष रिलिज हुँदैछ । रणवीर सिंह र साहिद कपुर अभिनित चलचित्र ‘पद्मावती’ पनि यस बर्षको क्रिसमसमा रिलिज हुँदैछ ।

नायक रणवीर कपुरको ‘जग्गा जासुस’ होस् या ऋतिक रोशनको ‘काबिल’ नै किन नहोस्, यो बर्ष नै बजारमा आउँदैछन् । यो बर्ष बलिउडमा ठूला स्टारका चलचित्र दर्शकमाझ आउने पक्का छ । जसले गर्दा, स्टारको स्टार पावर यस बर्ष स्पष्ट देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment