Comments Add Comment

अष्ट्रेलियाको सर्बोच्च शिखर चढेर नेपालीहरुले राखे कीर्तिमान

nepalese-on-mt-kosciuszko

३ जनवरी, अष्ट्रेलिया । अष्ट्रेलियाको सबैभन्दा अग्लो शिखरमा एकैपटक ४९ जना नेपालीहरुले सफल आरोहण गरेका छन् । एउटै देशका यति धेरै संख्यामा एकैपटक हिमाल आरोहण गरेर विश्वकीर्तिमान राखेको दाबीसमेत नेपालीहरुले गरेका छन् ।

अष्ट्रेलियाको सबैभन्दा अग्लो शिखर Mt. Kosciuszko २ हजार दुई सय २८ मिटर अग्लो छ । यो शिखर आरोहण गर्नेहरु हिमाल, पहाड, तराई तथा पूर्व-पश्चिमका छन् ।

शिखर चढ्न ५७ जना गए पनि ४९ जनामात्र चुचुरोमा पुग्न सफल भएको आयोजक नेपाल संघीय समाज अष्ट्रेलियाले जनाएको छ ।

४९ जनामा पुरुष तर्फ नवांग चेड्रूप शेर्पाले चेयर लिफ्ट बाहेक १ घन्टा ३५ मिनेट हिँडेर प्रथम भएका थिए भने महिला तर्फ उपमा कार्कीले १ घन्टा ५० मिनेटमा शिखर पुगेर पहिलो भइन् ।

यसैगरी उमेरको हिसाबले ६४ वर्षका बलराम अधिकारी र ४ वर्षका माबोन अधिकारीले शिखरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment