+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कुलमानलाई राहत ! प्राधिकरणका तीन सञ्चालकको पक्षमा भएको अन्तरिम आदेश खारेज

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १९ गते २०:५५

nea-operation-board

१९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएन ।

लोडसेडिङ हटाउने अभियानमा लागेका प्राधिकरण प्रमुख कुलमान घिसिङलाई असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले तीन सञ्चालकलाई हटाएको थियो । तर, त्यसविरुद्ध सुरज लामिछानेले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले १३ गते कारण देखाउ आदेश जारी गर्दै तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका थिए ।

तर, सर्वोच्चको यो आदेश पछि प्राधिकरणको बोर्ड बैठक बसेको छैन । र, उनीहरु पुनर्बहाली हुन पाएका थिएनन् । तीन सञ्चालक पुनः काममा फर्कन नपाउँदै सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यसको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको छ ।

अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनीहरु पदमुक्त हुनेछन् ।

यो पनि पढ्नुहोस्

सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन गर्ने ‘कुलमानका समर्थक’ पक्राउ (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?