Comments Add Comment

यो बर्ष आर्यन चलचित्र विहिन

aaryan sigdel (11)
यो बर्ष आयोजित केहि अवार्ड समारोहमा नायक आर्यन सिग्देलले अवार्ड जिते । यो बर्ष उत्कृष्ट नायकको अवार्डमा दयाहाङ राई र आर्यन सिग्देलकै कब्जा रह्यो । गतबर्ष चलचित्र ‘क्लासिक’मा उनले गरेको अभिनयका कारण उनको हातमा अवार्ड नै अवार्ड पर्‍यो ।

तर, आउँदो बर्ष आयोजना हुने अवार्डमा आर्यन सिग्देलको नाम नआउने पक्का जस्तै छ । कारण, यो बर्ष आर्यनका कुनै पनि चलचित्र रिलिज नहुने भएका छन् । आर्यनले यो बर्ष कुनै पनि चलचित्रमा अभिनय गरेनन् ।

आफ्नै ब्यानरका मात्र चलचित्रमा काम गर्ने बताएपछि आर्यन चलचित्र विहिन भएका हुन् । नेपाली चलचित्रमा आज पनि उनको डिमाण्ड खुबै छ । तर, आर्यन चलचित्रमा अभिनय भन्दा पनि विदेश यात्रामा नै व्यस्त छन् ।

अष्ट्रेलियापछि कतारमा रहेका आर्यन आफ्नै ब्यानरमा चलचित्र बनाउने तयारीमा थिए । तर, उनले तौल घटाउन नसकेपछि चलचित्रको छायांकन सुरु हुन सकेन । दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, जीवन लुइटेल, सविन श्रेष्ठदेखि नयाँ नायकका समेत चलचित्र रिलिज हुँदा आर्यन यो बर्ष दर्शकमाझ आएनन् । गत बर्षसम्म चलचित्र धेरै खेलेर आलोचित भएका आर्यन यो बर्ष रिजर्भ बसे । के आर्यनको यो रिजर्भ बसाइले काम गर्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment