Comments Add Comment

अक्षयले चर्को पारिश्रमिक मागेपछि रोकियो ‘क्रयाक’को छायांकन

akshya-and-niraj
बलिउडका चल्तीका नायकले महंगो पारिश्रमिक मागिदिन्छन् । साहरुख खान, सलमान खान, आमिर खानले त महंगो पारिश्रमिक मात्र लिदैनन्, मुनाफाको प्रतिशत पनि लिन्छन् । यसैले, यी ३ खानलाई लिएर हरेक निर्माताले चलचित्र बनाउन सक्दैनन् ।

३ खानपछि अहिले नायक अक्षय कुमार पनि महंगो पारिश्रमिकका कारण चर्चामा छन् । चलचित्र ‘जोली एलएलबी २’मा उनले दिनको १ करोड लिएर काम गरेका थिए । उनलाई यो चलचित्रबाट ४५ करोड मिलेको थियो ।

उनै, अक्षयले निर्देशक निरज पाण्डेको नयाँ चलचित्र ‘क्रयाक’का लागि पनि यस्तै महंगो पारिश्रमिक मागेका छन् । अक्षय र निरज बलिउडमा सफल जोडीको रुपमा चर्चित छन् । ‘स्पेशल २६, बेबी, रुस्तम’ जस्ता सफल चलचित्रमा काम गरेका निरज र अक्षयको ‘क्रायक’सम्म आइपुग्दा सम्बन्धमा दरार आएको भारतीय मिडियाको भनाई छ ।

अक्षयले निरजको यो चलचित्रका लागि पनि दैनिक १ करोड पारिश्रमिक मागेका थिए । निरज यति धेरै पारिश्रमिक दिन नसक्ने भएपछि चलचित्र नै बन्द गर्ने अवस्थामा पुगे । यो चलचित्र अप्रिल ११ मा रिलिज गर्ने यी दुइको तयारी थियो । तर, पछि कथाको काम नसकिएको भन्दै चलचित्रको प्रदर्शन मिति सन् २०१८ मा सारिएको थियो ।

अक्षयले चलचित्र ‘गोल्ड’का लागि ५० करोड पारिश्रमिक लिएका छन् । अक्षय अहिले बलिउडमा सर्वाधिक पारिश्रमिक लिने र कर तिर्ने नायकको सूचीमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment