२० पुस, पोखरा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् ।
संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा कुरो मिल्न नसक्दा देशको राजनीति अस्थिर बन्दै गएको उनले बताए ।
नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा बुधबारदेखि सुरु भएको ‘घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक ध्रुवीकरण’ कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टरार्इले भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई त्यसबाट बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि बढ्न नसक्ने बताए ।
नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आफूरुले पत्ता लगाएको दाबी गर्दै उनले भने, उनलेनिर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू गर्ने अभियानका नयाँ शक्ति पार्टी लागेको छ र यो प्रणाली लागू हुनसक्यो भने देशमा शान्ति र स्थायित्व कायम भई भ्रष्टाचारको अन्त्य हुन्छ ।
उनले आगामी निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो स्थानमा आई सत्ता सम्हालेमा पाँच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय डब्बल बनाउने दाबी गरे । पुराना राजनीतिक दल रातारात करोडपति बन्न कुदिरहेकाले तिनीबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भवना नभएको उनको दाबी छ ।
प्रतिक्रिया 4