Comments Add Comment

रणवीरको ‘वेफिक्रे’माथि सुशान्तको यस्तो आलोचना

ranbir-and-susant
यो बर्ष सय करोड क्लबमा प्रवेश गर्न सफल चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’का नायक हुन् सुशान्त सिंह राजपुत । सुशान्तको अभिनयको चौतर्फी चर्चा भैरहेको छ । उनै, सुशान्तले डिसेम्बर ९ देखि रिलिज भएको नायक रणवीर सिंह अभिनित चलचित्र ‘वेफिक्रे’को चर्को आलोचना गरेका छन् ।

सुशान्तलाई रणवीर भन्दा पहिला यो चलचित्र अफर भएको चर्चा थियो । तर, सुशान्तले यो चलचित्र आफूलाई कहिल्यै अफर नआएको र आएको भएपनि नगर्ने बताएका छन् ।

आखिर, किन यस्तो भने त सुशान्तले ? उनी भन्छन्-‘यदि, ‘वेफिक्रे’ यूवाहरुको कथालाई ध्यानमा राखेर बनाइएको भए र उनीहरुको समस्यालाई समाधान गर्ने कोशिशमा लागेको भए निकै राम्रो हुन्थ्यो । तर, यस्तो भएन र बक्स अफिसमा यो चलेन ।’ मलाई थाहा थियो कि यस्तो चलचित्रको यस्तै हाल हुन्थ्यो ।

सुशान्तको यो आलोचनालाई यसका निर्देशक आदित्य चोपडा र नायक रणवीर कपुरले कसरि लिने हुन्, यो मुख्य कुरा हो । के, यो बयान दिएर सुशान्तले यशराज ब्यानरसँग दुश्मनी त मोलेका होइनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment