Comments Add Comment

सरकारलाई नै प्रतिप्रश्न गर्दै ज्ञवालीले बुझाए १२ पन्ने स्पष्टीकरण

sushil-gyawali-8

२० पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारलाई १२ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन् ।

उनले बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर स्पष्टीकरण पत्र बुझाएका हुन् । ‘स्पष्टिकरणमा सरकारको जुन जिज्ञासा थियो, मैले समयमै जवाफ पेश गरेकोछु,’ उनले भने ।

तर, थप खुलाएनन् । उनी निकट स्रोतका अनुसार उनले आफूले गरेको कामको फेहरिस्थ पेश गर्दै १२ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन् । जसमा उनले १० असोजमा प्रधानमन्त्री अध्यक्षताको राष्ट्रिय निर्देशक समितिको बैठकले प्राधिकरणको काम सन्तोषजनक रहेको भनी निर्णय गरेको भन्दै अहिले कसरी सन्तोषजनक भएन भनेर प्रश्न गरेका छन् ।

साथै उनले स्पष्टीकरण सोध्ने निर्णय र ३ लाख दिन कार्यविधि पास एकै दिनमा भएको भन्दै यो आश्चर्यजनक भएको बताएका छन् । उनले पुनर्निर्माण सन्तोषजनक र सही ट्राकमा रहेको दाबी के पुगेन र सन्तोषजनक भएन ? भन्ने प्रश्न गरेका छन् ।

विदेशी दाताहरुले समेत नेपालमा सही तरिकाले काम भएको भनेको र ५ वर्षका लागि प्राधिकरण बन्नुका साथै आफ्नो नियुक्ति भएको भन्दै सीईओ ज्ञवालीले स्पष्टीकरण पत्रमा भनेका छन्, सबै काम एक वर्षमा गरिनस् भन्ने शोभनीय भएन कि ?

सरकारको योजना अनुसार नै काम भइरहेको भन्दै उनले द्रुत गतिमा काम भइरहेको बेला स्पष्टीकरण सोध्नु उचित छ भनेर प्रतिप्रश्न पनि गरेको स्रोतले बताएको छ । साथै उनले अर्थ मन्त्रालयले समय रकम दिएको भए वा प्रधानमन्त्री आफैंले अझ अग्रसता लिएको भए पुनर्निर्माणले गति लिन्थ्यो भन्नेर जवाफ दिएका छन् ।

सरकारले आफूलाई हटाउने आशयका साथ राजनीतिक प्रेरित भएर स्पष्टिकरण सोधेको भन्दै ज्ञवालीले सम्भावित कानुनी उपचारका बारेमा समेत छलफल गरिसकेका छन् ।

ज्ञवालीको काम चित्त बुझ्दो नभएको भन्दै सरकारले केही समयअघि स्पष्टिकरण सोधेको थियो । ज्ञवालीले भने आफ्नो बचाऊ गर्दै सरकारलाई दिने स्पष्टिकरण तयार पारेका छन् । जसमा प्राधिकरणको काममा सरकारी निकायहरुले नै असहयोग गरेको आरोप लगाइएको छ ।

प्राधिकरणले गरेेको राम्रो कामको जस लिन उद्यत हुने राजनीतिक नेतृत्वले पनि पुनर्निर्माणको काममा समस्या पर्दा भने अपसज थोपरेर चोखिने गरेको ज्ञवालीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment