अनिल कपुरले थुप्रै फिल्ममा रिसाहा र आक्रामक व्यक्तिको भूमिका निभाएका छन् । वास्तविक जीवनमा पनि उनी कम रिसाहा भने छै्रनन् । हालै एउटा अवार्ड वितरण समारोहमा यसको एक छनक देखियो ।
समारोहमा अनिल कपुर र उनकी छोरी सोनम कपुल सहभागी थिए । नीरजा फिल्मका डाइरेक्टर राम माधवानी तथा पिंकका अनिरुद्ध राय चौधरीलाई २०१६७ का सर्वोत्नकृष्ट फिल्म निर्माताको अवार्ड दिइयो ।
यस क्रममा जब अनिल आफ्ना दाजु बोनी कपुरसँगै ती निर्देशकहरुलाई पुरस्कृत गर्दै थिए, उनले नीरजाको सम्पूर्ण टिमलाई मञ्चमा बोलाए । तर, नीरजाकी प्रमुख अभिनेत्री तथा अनिलकी छोरी सोनम त्यहाँ देखिइनन् । उनी स्टेजभन्दा पछाडि आफ्ना साथीहरु भेला गरेर गफ हाँकिरहेकी थिइन् । अनिलले मञ्चबाट पटक-पटक छोरीको नाम लिए तर सोनमले सुनिन् ।
यसबाट अनिल एकाएक क्रोधित बने । अनि माइकबाटै उनले भने, ‘सोनम, आफ्नो बाबुबाट केही सिक ।’ बल्ल सोनमले सुनिन् र उनी दौडिदै मञ्चतर्फ आइन् । तर उनी त्यहाँ धेरैबेर टिकिनन् ।
निर्देशकले अवार्ड लिनासाथै उनी त्यहाँबाट निस्किइन् । उनले निर्देशक माधवानीको स्पिच पनि सुनिनन् । स्मरणीय छ, नीरजाले र्गा अघिल्लो वर्ष सोनमले थुप्रै तारिफ पाएकी थिइन् ।
प्रतिक्रिया 4