Comments Add Comment

भारतले भन्यो-नेपाली सेनासँगको सम्वन्धलाई तेस्रो देशको चश्माले नहेरौं

bk-singh

२० पुस, काठमाडौं । नेपाल र चीनबीच पहिलो पटक हुन लागेको संयुक्त सैन्य अभ्यासबारे भारतले मुख खोलेको छ ।

नेपाली सेना र चिनियाँ सेनाबीच संयुक्त सैन्य अभ्यास गर्ने तयारी भएपछि भारतीय सञ्चारमाध्यममा एक प्रकारको कोकोहोलो मच्चिएको थियो । तर, भारतले यसबारे केही बोलेको थिएन् ।

बुधबार भारतीय विदेश मन्त्रालयमा आयोजित मिड टर्म प्रेस कन्फ्रेन्समा भारतीय विदेश राज्यमन्त्री बीके सिंहले नेपाल र भारतको सेनाको सम्वन्ध मजबुत रहेको बताए ।

दुई देशको सम्वन्ध आफैंमा मौलिक रहेको भन्दै  भारतीय सेनाका पूर्व प्रमुख समेत रहेका उनले भने, ‘नेपाल आर्मी र इण्डियन आर्मीको बलियो सम्वन्ध छ । ठूलो संख्यामा भूतपूर्व सैनिक छन्, जसका लागि अहिले पनि भारतबाट पेन्सन जान्छ ।’

कसैले नेपाली बुझ्छन् भन्दै उनले नेपालीमै भने, म पनि नेपालको मानार्थ महारथी हुँ ।’ नेपाली सेना र भारतीय सेनाको सम्वन्ध आफ्नै खुट्टामा उभिएको भन्दै उनले भने, यो सम्वन्धलाई हामीले तेस्रो देशको चश्माबाट नहेरौं ।’

दुई देश सैन्य सम्वन्धलाई अन्यथा लिन नहुने भन्दै उनले भारतले चीन, बेलायत, फ्रान्स र रुससँग सैन्य अभ्यास गरेको उदाहरण दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment