Comments Add Comment

‘५ आरोपमा जिग्री ब्रो’: ‘केटीहरुले नै मेरो नम्बर माग्छन्’

jigri-boro
‘जिग्री ब्रो’को रुपमा चर्चामा आएका कलाकार कुमार कट्टेल अहिले ठूलो पर्दाको चलचित्र बनाउने तयारीमा छन् । टेलिश्रृङखला ‘भद्र्रगोल’बाट चर्चामा आएका कुमार ‘जिग्री’कै रुपमा स्थापित हुने दाबी समेत गर्छन् । सामाजिक अभियान समेत सुरु गरेका कुमारलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. अभिनयमा सुस्त हुनु भयो भन्छन् नि ?
टेलिचलचित्र ‘भद्रगोल’वाट म स्थापित भएको थिएँ । अहिले ‘भद्रगोल’ प्रशारण रोकिएको छ । मैले अभिनय गरेको सिरियल प्रशारण नहुँदा अभिनयमा सुस्त भएको हो कि जस्तो लाग्छ । दुइ तीन हप्तामै सिरियल पुनः प्रशारण हुने भएकाले यो आरोपबाट म चाडै मुक्त हुँदैछु । सिरियल प्रशारण अबरुद्ध भएपछि अन्य क्षेत्रमा पनि असर पर्दो रहेछ ।

२. दाई सितारामले झैं सामाजिक अभियान सुरु गर्नु भयो तर, प्रभाव पार्न सक्नु भएन रे हो ?
दाईले भूकम्प पीडितका लागि बस्ती निर्माण गरेर देशलाई नै गुन लगाउने काम गर्नुभयो । मैले आम मानिसको मानसिकता परिवर्तन हुनुपर्ने अभियान सुरु गरे । केबल कुरा गरेर मात्रै देश बन्दैन काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । म आशावादी छु । अलिकति समय लाग्छ मेरो अभियानले सार्थकता पाउँछ ।

३. अभिनयमा विविधता दिन सक्नु भएन भन्छन् नि ?
पहिलो कुरो त मैले अभिनय सुरु गरेको धेरै भएको छैन । अहिले म ‘जिग्री’को रुपमा चिनिन्छु । ‘जिग्री’कै चरित्रलाई पनि निखार्न बाँकी नै छ । यहि चरित्रलाई ननिखार्दै अर्को चरित्र निर्वाह गरेँ भने झन् फिक्का हुनसक्छ । तसर्थ अहिले ‘जिग्री’लाई मजबुत बनाउने प्रयाशमा छु ।

४. हाँस्य कलाकारले बनाएको केहि चलचित्र हिट भएपछि तपाई पनि निर्माणमा लाग्नु भयो भन्ने आरोप छ नि ?
हामीले चलचित्र बनाउन लागेको हो तर, हाँस्य कलाकारको चलचित्र हिट भएकै कारण होइन । ‘छक्का पञ्जा’ नबन्दै दीपक दाई र ‘भद्रगोल’ टिमले चलचित्र बनाउने भनेर मिटिङ गरेको थियो । त्यतिवेला दीपक दाइले समय दिन सक्नु भएन ।

५. राम्री केटि देख्नु भयो भने नम्बर मागीहाल्नु हुन्छ भन्ने आरोपमा के भन्नुहुन्छ ?
यो कुरा त हुँदै होइन । बरु राम्री केटिहरुले मेरो नम्बर मागेका छन् । म अभिनयमा केहि गर्नुपर्छ भनेर हिंडेको मान्छे केटीहरुको नम्बर माग्दै हिड्दिनँ । मेरो स्वभाव त्यस्तो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment