+
+
Shares

धारा २७४ ले संविधान संशोधनलाई रोक्दैनः महन्थ (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते १६:२८

mahanta-thakur

२१ पुस, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानको धारा २७४ ले संविधान संशोधनलाई नरोक्ने दाबी गरेका छन् । अहिलेको व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित रुप भएकाले संसदले नै सीमांकन संशोधन गर्नसक्ने ठाकुरले तर्क गरे ।

बिहीबार रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमाथि आफूहरुले पनि संशोधन प्रस्ताव राख्ने र परिमार्जनसहित पारित गर्नुपर्ने बताए ।

‘आगामी २४ गते बस्ने संसद बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरोस् । हामी त्यसमाथि संशोधन प्रस्ताव राख्छौं । त्यसपछि परिमार्जनसहित पारित गर्नुपर्छ,’ उनले भने ।

हालै सर्वोच्च अदालतले दिएको आदेशसँग आफूहरुले राखेको मागको सरोकार नभएको समेत ठाकुरले बताए ।

उनले संविधानको धारा २७४ लाई खारेज गर्नुपर्ने समेत बताए । उनले भने, ‘धारा २७४ संघीय प्रणालीलाई नै रोक लगाउने खालको छ, त्यसैले यसलाई खारेज गर्नुपर्छ । यसले सात प्रदेशको बारेमा बोलेकोले यो धाराको आवश्यक छैन ।’

संक्रमणकालीन अवस्था भएर अहिले धारा २७४ निष्कृय भएको भन्दै उनले प्रदेश सभा गठनपछि यो सक्रिय हुने भएकाले औचित्य नभएको धारणा राखे ।

भिडियो हेर्नुहोस्

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?