शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

एमालेलाई ‘चेक’ गर्न चुनावसम्मै कांग्रेस र माओवादी मिल्नुपर्छ

'अचेल कांग्रेसमा राजनीतिक छलफल हुने गरेको छैन'

अनलाइनखबर

naran-khadka-1

कुनै समय कांग्रेसको केन्द्रमा प्रभावशाली भूमिकामा रहने डा.नारायण खड्का अहिले सुशील कोइरालाको अवसानपछि ‘लो प्रोफाइल’मा छन् । पछिल्ला राजनीतिक निर्णय तथा पार्टीका लाइन बनाउने सन्दर्भमा उनलाई पार्टी नेतृत्वले छलफलमा सामेल गराउँदैन । तर, पनि बेलाबेला सभापति शेरबहादुर देउवालाई भेटेरै उनले आफ्नो राय दिने गरेका छन् ।

पछिल्लो समय संविधान संशोधन र सीमांकन पुनरावलोकनका सन्दर्भमा पार्टीमा छलफल नगरी सभापति देउवा आक्रामक ढंगले प्रस्ताव पारित गराउन लागेकोमा उनको पनि गुनासा छन् । पार्टीभित्र पर्याप्त छलफलको संस्कार हराउँदै गएको र व्यक्तिका गुटलाई संस्थागत गर्न थालिएको खड्काको गुनासो कायमै छ ।

मधेसी मोर्चालाई चुनावी जहाजमा नल्याई मुलुक अघि बढ्न नसक्ने भएकाले सभापतिलाई ‘सात खत माफ’ दिँदै खड्काले भने- अब एमालेले संसद खोल्छ, त्यसअघि हाम्रो दलभित्र पनि अशन्तुष्ट साथीहरुलाई मनाउने गरी खुलेर छलफल गराउन अनलाइनखबरमार्फत सभापतिजीलाई अनुरोध गर्छु ।

गल्फुटार हाइटस्थित खड्का निवास पुगेर अनलाइनखबरकर्मी मात्रिका पौडेलले कांग्रेस नेता तथा सांसद खड्कालाई सोधे-

कांग्रेसकै केही सांसदले विपक्षमा भोट हाल्छौं भन्दाभन्दै यो विधेयक पारित गराएरै छाड्ने आँट शेरबहादुर दाइलाई कसले दियो ?

भन्नलाई त एमालेका मित्रहरुले भारतले दियो भनिरहेका छन् । तर मलाई लाग्दैन, यो विषयमा भारत यति साह्रो संलग्न होला ।

एमालेले संसद अवरोध गरेर विधेयकमा छलफलनै गर्न दिन्न भन्नु अलोकतान्त्रिक थियो । अब अदालतको आदेशपछि सहजीकरण भएकै छ । यो विधेयक पारित गर्न एमालेले समेत सघायो भने मधेसी मोर्चालाई चुनावमा लिएर त्यहाँको आन्दोलनको वातावरण अन्त गर्न सकिने थियो । त्यही भएर हाम्रो सभापतिले एमालेकै समर्थनमा पारित गर्छौं भन्नुभएको होला ।

तर, पछिल्लो समय त यो विधेयक नै कांग्रेसको हो र सरकारले त्यसैलाई अघि बढाएको जसरी देउवा त एग्रेसिभ ढंगले आउनुभयो नि ?

यति गरेर मधेसी मोर्चासहित चुनावमा जाने अवस्था आउँछ भने एमाले लचिलो बन्नुपर्छ । तर, कसैगरी एमालेले मानेन र संविधान संशोधनका बारेमा दुई तिहाइ पुगेन भने पनि मधेसी मोर्चाले प्रक्रिया स्वीकार गर्नुपर्छ

विगतमा सुशील दाइ प्रधानमन्त्री भएका बेला ०७१ कात्तिक १३ गते लुम्बिनीका पहाडी जिल्लालाई अलग राखेरै ७ प्रदेशको प्रस्ताव कांग्रेस र एमालेले गरेको हो । त्योबेला मधेसी मोर्चा केही लचिलो थियो । तर, समय क्रममा त्यसो भएन । अहिले लगभग त्यही प्रस्ताव आएको छ । यसो गर्दा मधेसको समस्या समाधान हुन्छ र मुलुक चुनावमा जान्छ भने किन नगर्ने त भनेर अलि बढी पहलकदमी लिनुभएको होला ।

एमालेले संसद खोले पनि उसको पक्षमा ९ दलका २०४ सांसद त स्पष्ट देखिन्छन्, त्यो संख्या त संविधान संशोधन विधेयक फेल गराउन पर्याप्त छ नि होइन र ?

अहिलेको स्थिति त त्यही नै हो । मुख्य कुरा संसदमा विधेयकमाथि छलफल हुन पाउने भयो, यो ठूलो उपलब्धी हो । मतदानमा जाँदा दुई तिहाई नपुग्न सक्छ । यसमा त छलफल हुँदै जाला । हाम्रै साथीहरु पनि असन्तुष्ट छन् । तर, हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने तराई मधेसमा अशन्तुष्टि छन् । त्यहाँका आवाज दबिएर बसेका छन् । फेरि संविधान संशोधन भएन वा मिलाउन सकिएन भने मोर्चाले आन्दोलन उठाउन सक्छ । एमालेका साथीहरुले यो बाहृय शक्तिको इशारामा हो भनिरहेका छन् । तर, मलाई त्यस्तो लाग्दैन । उहाँहरुले पनि मधेसी मोर्चाका मागलाई पूर्ण रुपमा अस्वीकार गरेर भारतको कुुरा हो भन्न मिल्दैन ।

तर मधेसी मोर्चाले विधेयक परिमार्जन हुनुपर्छ, यतिमा मान्दैनौं भन्दै गर्दा भारतीय विदेश मन्त्रालयले स्वागत गर्नु र लगत्तै राजदूतले मधेसी मोर्चाका नेतालाई लञ्च खुवाएर यही मान भन्नासाथ मोर्चा तयार हुनु संयोगमात्र होला त ?

मलाई लाग्छ, भारतले नेपालमा सेटलमेन्ट चाहेको छ । मैले भारतीय मित्रहरुलाई भेट्दा भन्ने गरेको पनि छु, पहाड हिमाल र तराई नेपालका अन्योन्याश्रति सभ्यता हुन् । यदि तराई-मधेसको मात्रै प्रदेश बनाउन तिमीहरुले उचाल्छौ भने भोलि हिमाल र पहाडका जनताको सम्बन्ध उत्तरतिर घनिष्ठ हुनेछ र त्यसले भारतलाई नै टाउको दुख्नेछ ।

भारतलाई नेपालको मधेस ‘बफरभित्रको बफर’ बनाउन सकिन्छ भन्ने लागेको होला । किनकि नक्कली करेन्सी लगायत क्रस बोर्डर आतंकवाद उसका लागि टाउको दुःखाइ बनेको छ । तर, अहिले आएको विधेयक भारतले बनाएको हो र यो भारतको इशारामा हो भन्न चाहिँ मिल्दैन । यो हामीले नै अघि सारेको हो । यसो गर्दा देश विखण्डन हुँदैन । मधेसी जनताप्रति एमालेले अविश्वास गर्नुहुदैन । वीपीले मधेस र मधेसीका बारेमा पहिले नै प्रष्ट धारणा राख्नुभएको छ ।

प्रस्तावको पक्षमा दुई तिहाई बहुमत पुर्‍याउने चाहिँ कसरी हो त ? एमालेको मोर्चा तोडफोड गर्ने वा किनबेच पनि चल्छ ?

अब यसबारेमा सरकारमा रहेका र यो प्रक्रिया अघि बढाउन सक्रिय भूमिकामा रहेका साथीहरुलाई थाहा होला । एमालेको मोर्चा तोडफोड नै होलाजस्तो त लाग्दैन, किनकि एमालेभित्र मात्र होइन, एमालेले लिएको धारणाले एकखालको भावनात्मक राष्ट्रवाद बोकेको छ । तर, पनि त्यहीभित्र कतिपय व्यक्ति मन्त्री बन्न नपाएको झोकमा एमालेतिर लागेका छन्, उनीहरु फेरबदल हुन सक्छन् ।

विधेयक पारित गर्ने दुई तिहाई नहुँदा भोलि पारित भएन भने र मोर्चा चुनावमा गएन भने अहिलेसम्मको कसरतको के अर्थ ? बेकारमा ५ नम्बर प्रदेश गिजोल्नेमात्रै काम हुन्न र ?

naran-khadka-24यो गम्भीर प्रश्न हो । सकेसम्म सरकारले विधेयकको पक्षमा दुई तिहाइ पुर्‍याउँछ । अहिले त सरकारमै तेस्रो घटक राप्रपाले समेत यथास्थितिमा मतदान नगर्ने भनेको छ । विजय गच्छदारजीको पनि कुरा निश्चित छैन । भलै उहाँको राजनीति मधेसमै भएकाले उहाँ बाहिर जानुहुन्न होला ।

माओवादी पार्टी अतिवादबाट आएको हो । त्यहाँ अझै पनि बिद्रोही मानसिकताका मान्छे छन् । भोलि चुनावमा परास्त हुँदै जाँदा विद्रोही शक्ति अर्को अतिवादमा लाग्न सक्छन् । मूलधारमा कायम राख्न पनि कांग्रेसले चुनावसम्म सँगै लिएर जानुपर्छ

सम्भवतः कमल थापाजी र गच्छदारजीलाई सरकारमा ल्याउनुहुन्छ होला । तर, त्यति गर्दा पनि कांग्रेस, मधेसी मोर्चा, माओवादी र राप्रपाहरु मिल्दासमेत दुई तिहाइ पुग्ने अवस्था छैन । एमालेलाई बाहिर राखेर वा एमालेको सहमतिबिना धेरै गाह्रो छ ।

तर, यति गरेर मधेसी मोर्चासहित चुनावमा जाने अवस्था आउँछ भने एमाले लचिलो बन्नुपर्छ । तर, कसैगरी एमालेले मानेन र संविधान संशोधनका बारेमा दुई तिहाइ पुगेन भने पनि मधेसी मोर्चाले प्रक्रिया स्वीकार गर्नुपर्छ । किनकि हिजो ०७० मा उहाँहरु जनतामा जानुभएकै हो, घोषणापत्र लिएर । तर, जनताको जनादेश पाउन सक्नुभएन । अहिले पनि दुई तिहाई पुगेन भने हामीले यस्तो गर्न खोजेको हो भनेर चुनावमा जानुको विकल्प छैन । यस्तो अवस्थामा आफ्ना माग पूरा गराउने भनेको कि सम्पूर्णरुपमा आन्दोलनबाट लिने हो ? होइन भने जनादेशबाट लिन चुनावमा जाने हो ।

पाँच नम्बर प्रदेशबाट पहाड अलग गर्ने होइन, दुई नम्बर प्रदेशमा पहाडका उदयपुर, सिन्धुली र मकवानपुर चाहियो भन्ने आवाज उठेको छ, तपाई उदयपुरकै सांसद हुनुहुन्छ, अब संसोधनमा दुई नम्बरचाहिँ फेरबदल किन नगर्ने ?

अब संविधान संशोधन प्रस्तावमाथि संसदमा छलफल हुन्छ । परिमार्जन आवश्यक भएमा सांसदहरुले आ-आफ्ना संशोधन राख्न सक्नुहुन्छ । त्यसमा दुई नम्बर प्रदेशमा पहाड मिसाउने कुरा पनि राख्न सकिन्छ । तर, अहिलेको अवस्थामा उदयपुरका जनता दुई नम्बर प्रदेशमा जान तयार छैनन् । सबै मिलेको अवस्थामा चलाउँदा झन् समस्या हुन्छ । सिन्धुली र मकवानपुरको कुरा मलाई थाहा छैन ।

अनि उदयपुर चलाउँदा समस्या हुन्छ भने, पाल्पा, गुल्मी, रोल्पा चलाउँदा पनि त समस्या भयो नि होइन ?

यो कुरा त्यहाँका जनप्रतिनिधिहरुले पनि भन्नुभएको छ । यसबारे पर्याप्त छलफल भएन । भूगोल जोडिएको र विविध सम्बन्धका कारण पनि उहाँहरुको असन्तुष्टि जायज हो । तर, यति गर्दा कुरा मिल्छ र मधेसी मोर्चा चुनावमा आउँछ भने गरौं भन्ने हो ।

अर्को किस्तामा झापा, मोरङ सुनसरी र कैलाली कञ्चनपुर होला होइन ?

मधेशी मोर्चाले त्यसो भनिरहेको छ । तर, त्यसबारेमा संविधानले नै एउटा संघीय आयोगको परिकल्पना गरेको छ । त्यसले केही हेर्ला । पहाडसँग मिल्नै हुँदैन भन्ने अतिवादी सोच मधेसी मोर्चामा छ । पहाडबाट तराई अलग गर्दा देश बिखण्डन हुन्छ भन्ने सोच एमालेमा छ । यी दुवै अतिवाद ठीक होइनन् ।

सम्पूर्ण तराई दुई प्रदेश बनाउने र नेपाल मधेसी र पहाडी दुई राष्ट्रियता भएको राज्य हो भन्ने प्रमाणित गर्ने दीर्घकालीन योजना छ भन्नेहरु अतिवादी हुन् ?

मैले त्यसो भनेको होइन । वास्तवमा समग्र तराई दुई प्रदेश भन्ने कुरा राजनीतिक नारामात्र हो । तर, आर्थिकरुपमा यो कुरा ठीक छैन । समथर भूभाग देख्यो कि यो सबै हाम्रो अधिकार हो भन्ने मधेसवादी साथीहरुको सोच अतिवादी भयो ।तराई मधेसमा दुई सय वर्षदेखि बसिरहेका पहाडे पनि धेरै छन् । बरु मधेसवादी भनिएकाहरु नै कतिपय पछि आएका छन् । समथर भूभागजति कुनै निश्चित रंग र निश्चित भाषा बोल्नेको अधिकार हो भन्ने कुरा अर्थात समथर भूभाग हाम्रो मात्र हो भन्ने मधेसी मोर्चाको भनाइ गलत हो ।

जहाँसम्म एमाले र एमालेको विचारमा आवद्ध अन्य साथीहरुको आशंका छ, कतै नेपाल दुई राष्ट्रिय राज्य भनेर प्रमाणित गर्ने खेल हो कि भन्ने, त्यो सम्भव छैन । बिखण्डनको प्रयासमा लागेका अतिवादीहरुले पनि मधेस अलग राष्ट्रका रुपमा अस्थित्वमा आउन सक्छ भन्ने सोचेका छैनन् ।

अब देशमा एमाले र गैरएमाले दुई ध्रुवचाहिँ प्रष्टै देखिएको हो ?

परिस्थिति त्यस्तै देखियो । एमालेले एकखाले अतिवादी लाइन लिएपछि अरु शक्ति एक ठाउँमा आएको अवस्था छ । तर, चुनावसम्मै मधेसी मोर्चा हामीसँगको गठबन्धनमा रहला जस्तो चाहिँ लाग्दैन । मधेसी साथीहरुले अरु मुद्दा उठाएर चुनावमा जानेछन् ।

त्यसको मतलब, कांग्रेस र माओवादीचाहिँ चुनावसम्मै मिलेर जाने हो ?

कांग्रेस र माओवादीले आउने चुनावसम्मै सहकार्य हुनुपर्छ । माओवादी पार्टी अतिवादबाट आएको हो । अहिले छिन्नभिन्नको अवस्थामा छ । त्यहाँ अझै पनि बिद्रोही मानसिकताका मान्छे छन् । भोलि माओवादी चुनावमा परास्त हुँदै जाँदा विद्रोही शक्ति अर्को अतिवादमा लाग्न सक्छन् । मूलधारमा कायम राख्न पनि कांग्रेसले माओवादीलाई चुनावसम्म सँगै लिएर जानुपर्छ ।

माओवादी पार्टी पनि बलियो भयो भने चेक एण्ड ब्यालेन्स पनि हुन्छ मुलुकमा ।

naran-khadka-4

चेक एण्ड ब्यालेन्सका लागि माओवादीलाई साथमा लिने कि एमालेलाई चेक गर्न ?

एमालेलाई चेक गर्न पनि हो । एमाले स्वाभाविकरुपमा हाम्रो प्रतिस्पर्धी पार्टी हो । हामीले माओवादीसँग चुनावसम्म सहकार्य गर्ने भनेको एमालेलाई चेक गर्ने पनि हो ।

अब अलि फरक प्रसंगमा जाउँ, शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कहिले ?

अब स्थानीय चुनाव नभई अहिलेका प्रधानमन्त्रीले छाड्नुहुन्न । उहाँलाई भन्ने बाटो पनि छ, मोटामोटी रुपमा स्थानीय चुनावपछि उहाँले छाड्ने सहमति भएको हो । सायद स्थानीय चुनावपछि देउवाजी प्रधानमन्त्री हुनुहुन्छ ।

स्थानीय चुनाव त अनिश्चित छ, देउवा प्रधानमन्त्री बन्ने पनि अनिश्चित नै भयो हैन त्यसो भए ?

हा हा हा । दुवै अनिश्चित देखिए पनि समझदारी त्यही हो । त्यसअघि त प्रचण्डजीले भन्ने बाटो पाउनुहुन्छ ।

अनि कांग्रेसका पदाधिकारी चाहिँ कहिले मनोनित हुन्छन् त ?

त्यो पनि सभापतिजीले गर्नुपर्ने हो । अचेल पार्टीमा राजनीतिक मुद्दामा पनि पर्याप्त छलफल हुने गरेको छैन । उहाँले अस्ति मसँग भेट्दा पनि संविधान संशोधन गरेर मधेसी मोर्चालाई मिलाउन लाग्दा छलफल गर्न पाइएन भन्दै हुनुहुन्थ्यो ।

पदाधिकारीमा त देउवा र रामचन्द्र पौडेलको भागबण्डा हुन्छ होला नि होइन ?

मलाई गुटीय भागबण्डा मन पर्दैन । सभापतिले सल्लाह गरेर अघि बढ्दा हुन्छ । रामचन्द्रजीसँग उहाँले सल्लाह गरेर मनोनित गरे हुने हो । तर, धेरै गुट उपगुटलाई मान्यता दिनुभयो भने अप्ठेरो पर्छ ।

कृष्ण सिटौला र खुमबहादुर खड्कालाई त मिलाउनै पर्ने बाध्यता होला नि ?

त्यति त मैले भनेको, यो कुराले गुटहरुलाई संस्थागत गर्छ । रामचन्द्र पौडेल उहाँभन्दा दोस्रो मत पाएको र सांसद संख्याको हिसाबले पनि उहाँसँग परामर्श गर्नुपर्छ । तर, रिङबाट बाहिरिएका व्यक्तिलाई भाउ दिएर पार्टी चलाउन गाह्रो पर्छ । व्यक्तिपिच्छेका गुटलाई भाग दिएर जानुहुँदैन भनेर मैले उहाँलाई भनेको छु ।

रिङबाट आउट भएको भनेर तपाईले कृष्ण सिटौलालाई भन्न खोज्नुभएको हो ?

मैले त्यही भनेको नि । तेस्रो चौथो भोट ल्याउनेलाई पावर शेयरिङ गर्न थालियो भने भोलि सभापतिमा उम्मेवार उठ्नेहरु त धेरै निस्किन्छन् । यस्तालाई पावर सेन्टर बनाउनुहुँदैन । दुई तीन जना सांसद र एक दुई सय महाधिवेशन प्रतिनिधि बोकेर हिँड्नेहरुलाई भाग दिन थालियो भने पार्टीमा गुट उपगुटहरु संस्थागत हुन्छन् । सभापतिलाई काम गर्न गाह्रो हुन्छ ।

२०७३ पुष २२ गते १५:२८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२० प्रतिकृयाहरू प्राप्त
  • Dila Chaoudhari लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते ११:१९

    कन्ग्रेस र माओबादी यति धेरै कम्जोर भैसकेको अबस्था हो र? यस्ता प्रबुध्द ले भने पछि त होला नै भन्नु पर्यो/ आन्फु त पहिले जे जे गरे पनि अब एमालेलै समर्थन गर्नु नै उपयुक्त लग्न थलिछ/

    193
    38
    Share

  • dipendra लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते ११:४१

    sabai bhanda ramro party ekata garnus mayobadi sanga natra pattasaf hune wala cha

    108
    14
    Share

  • laureetekera लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते ११:५९

    यी टुक्रीपन्थीहरुको मतदात भएर विगतमा धेरै ठूलो भूल गररिएछ नेपाल आमा अब मलार्इ फाम गर म अाजैदेखि यिनीहरुको स‌ंगतबाट धेरै टाढा रहन्छु र यिनीहरुलार्इ कहिल्यै विश्वास गर्ने छैन । जय नेपाल आमा

    92
    10
    Share

  • GOD लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १२:०२

    जनताको पाटी एमाले नै हो।

    भारतीय दलालहरू,
    काग्रेस माओबादी एउटै चुनव चिन्ह लिएर आउन!!!

    152
    25
    Share

  • Dip लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १४:०५

    Maile pani jindagi vari Nepali Congress lai support gare Vote pani hale……… aba chai Oli Lai vote halne ho…. Congress ta aaudo election ma downsize hunchha hola….

    101
    9
    Share

  • anjal लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १५:१०

    udaypur chai chalaun nahune aru jillanj gareni hune?badmas neta ji

    66
    5
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १९:२९

    एमालेले आफुलाई दिएको चेक घोडाले छेकेर उल्टाई विपक्ष जतिलाई घोडालेले नै चक गर्छ ट विपक्ष जति सबै चेृकमाथ हुन्छ अनि भन्नुस् त को हार्यो । हा हा हा हा हा हा

    35
    2
    Share

  • min लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते २०:४२

    gidi ra huti nabhako po rahecha ta yo bigya bhanaudo ta. swartha ko lagi jey pani garna tayar???

    33
    3
    Share

  • wridam लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते २३:४५

    5 no tukriyo vane….palpa gulmi arghakachi bata congress maobadi ko patta saaf hunxa…aam janatama congress maobadile desh bechna laaxn vanne xa…

    36
    3
    Share

  • madhab koirala लेख्नुहुन्छ    |   २०७३ पुष २३ गते ९:५८

    धिक्कार जाओस यो अन्तरबार्ता पढेर कांग्रेसको दयनीय अवस्था थाहा पाएर बडो बैराग लाग्यो . त्यस्तो सबैको हाईहाई भएको कांग्रेस लाई स्वार्थी तत्वहरुले आज कस्तो नांगेझार पारेछन . आफ्ना सबै आग्रह थाति राखेर मुलुक बचाउन जीबन अर्पण गर्न अग्रसर हुने बिपी,गणेशमान,सुबर्ण,कृष्ण प्रसाद भटराई को कांग्रेस लाई यो अबस्थामा पुर्याउने रास्ट्रघाती हरुले कहिल्यै सुक्ख नपाउन नेपाल आमाको तर्फ बाट यहि सराप लागोस .

    65
    2
    Share

  • रमेश लेख्नुहुन्छ    |   २०७३ पुष २३ गते १७:५९

    हुतिहारा, भ्रष्टाचारी, यस्ताले कसरी डा. पास गर्या ? काग्रेस नबुझी भएकाे काग्रेसी नेता ।

    37
    2
    Share

  • Rishi लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १०:१६

    UML lai Patasaf Parnu parxa aba ko cunabbata.Haina sathi ho??

    6
    60
    Share

  • शेखर लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते २०:४४

    अब केहि दिन भित्र काग्रेस र माअाेवादी लाई भारतबाट पार्टी मर्च गरेर एमाले सँग लड्न आदेश आउछ । डा.किन डराएको? ?

    46
    4
    Share

  • raj लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १३:०७

    यो कुरा साह्रै मन पर्यो वास्तविकता पनि यही हो त्यसैले शेयर गरे …………….

    कांग्रेस र माओवादीले आउने चुनावसम्मै सहकार्य हुनुपर्छ । माओवादी पार्टी अतिवादबाट आएको हो । अहिले छिन्नभिन्नको अवस्थामा छ । त्यहाँ अझै पनि बिद्रोही मानसिकताका मान्छे छन् । भोलि माओवादी चुनावमा परास्त हुँदै जाँदा विद्रोही शक्ति अर्को अतिवादमा लाग्न सक्छन् । मूलधारमा कायम राख्न पनि कांग्रेसले माओवादीलाई चुनावसम्म सँगै लिएर जानुपर्छ ।

    4
    12
    Share

  • केके लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १५:०४

    नारायण दाईलाई पनि एमाले अहिले बलियो अबस्थामा छ भन्ने आभाष भएछ । काग्रेशको रबैया यस्तै रह्यो भने काग्रेशको पतन निश्चित छ । म पनि काग्रेशको नजिकै भएर काम गरेको मान्छे हुँ । समयमै काग्रेशले होस पुर्याओस भन्ने मेरो चाहना छ।

    22
    1
    Share

  • Gopal sanjel लेख्नुहुन्छ    |   २०७३ माघ ७ गते २०:५२

    जार्इलाग्नुकाे विकल्प छैन

    Dual citizenship Khadka, holding PR and talking nonsense

    सीके, जीके (जयकृष्ण) र पीके (पुष्पकमल)का कर्तुतहरूकाे चर्चाकाे अब त्यति धेरै उपादेयता छैन। साम्राज्यवादीहरूद्वारा लादिएकाे संकटकाे लक्ष नेपालकाे सार्वभाैमिता अपहरण गर्नु हाे भन्ने तथ्य प्रष्ट छ। याे मिशनमा खेल्ने खेलाडिहरू भाडामा किनिएका अपराधिहरू हुन् भन्ने वास्तविकता पनि साफ छ। नेपालकाे समाधान न त संविधान संसाेधन हाे, न संसाेधनपछि बाश्य शत्रुका एजेन्टहरू चुप लागेर बस्नेछन्। नेपालकाे संकट राष्ट्रिय युद्धकाे मामिला बनिसकेकाे छ। शत्रु पक्षलार्इ निर्मुल नपारिकन नेपाल शान्त हुने अाशा गर्नु मृगमरिचिका हाे। अाजसम्मकाे देशभक्तिकाे हाम्राे अावाज दुरूपयाेग नहाेस् भन्ने चाहना राख्ने हाे भने शत्रुहरूमाथि जार्इलाग्ने मानसिकता बनाउनुकाे विकल्प छैन। याे बाटाेमा सबै संगठित भएर लाग्नु पर्दछ।

    4
    1
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७३ माघ ९ गते १२:५५

    डाक्टर साहेबले सहि बिश्लेषण गर्नुभएको छ । डाक्टर साहेबमा राजनीति बिश्लेषण गर्न राम्रैसंग आउँदोरहेछ । कि एमाले धेरै वा सोचेभन्दा बलियो भएको छ त्यसैले वहाँले भनेजसरी काँग्रेस माओवादी मिलेर चेक गर्‍यो भने मात्र नेपाली काँग्रेस अहिलेको राप्रपाको साइजमा आउने हो नत्र त विजय गच्छदारसंग मित लगाउने अवस्था आउनसक्छ ।

    5
    0
    Share

  • नेपाली लेख्नुहुन्छ    |   २०७३ माघ १८ गते २३:०३

    डा.साबको विश्लेषण ठिक छ तर काँग्रेस माअोवादी र मधेसवादी सबै भारतको इसारामा चलेको सबै नेपाली जनताले प्रस्ट बुझेकाछन।राष्ट्रवादी ाई रोज्नेकी राष्ट्रघातीलाई आउने चुनावमा जनताले दे खाउनेछन।

    2
    0
    Share

  • memro nepal लेख्नुहुन्छ    |   २०७३ माघ २४ गते १३:२३

    dar xeruya yastai garxan

    0
    0
    Share

  • ashok bam लेख्नुहुन्छ    |   २०७३ माघ २४ गते १३:२६

    वास्तमा यसलाई कम्जोरी मानीदैन्। किनकी कूनै काय गन सवै को साथ चाहिन छ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this