Comments Add Comment

प्रदेश २ सरकारले संघीय सरकारसँग माग्यो ४ हजार थान अक्सिजन सिलिण्डर

२८ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले संघीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिण्डर माग गरेको छ ।

मंगलबार बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर गर्दै संघीय सरकारसँग तत्काल चार हजार अक्सिजनको सिलिण्डर माग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार र सोमबार प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुख एवं प्रमुख जिल्ला अधिकारीसँग कोरोना नियन्त्रणबारे भर्चुअल छलफल गरेका थिए । सोही छलफलको आधारमा मंगलबार सम्पन्न समितिको बैठकले संघीय सरकारसँग अक्सिजनको सिलिण्डर माग गर्ने निर्णय गरेको छ ।

५० हजार भीटीएम र रिएजेण्ट खरिद गरिने

समितिको बैठकले थप ५० हजार भीटीएम र रिएजेण्ट खरिद गर्ने निर्णय पनि गरेको छ ।

बढ्दै गएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न र परीक्षणको दायरालाई बढाउन भीटीएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकले होम आइसोलेसनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने र जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment