+
+
Shares

कोरोनाबाट मृत्यु हुनेमा झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २८ गते १९:२२
स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

२८ वैशाख, काठमाडौं । नेपालमा मंगलबार एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।

जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । यो संख्या कुल मृतक संख्याको ५८.३९ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष भन्दा माथि उमेर समूहका २३८५ जनाको मृत्यु भएको छ । ५०–५९ वर्ष उमेर समूहका ७१७ जनाको मृत्यु हुँदा ४०–४९ वर्ष उमेर समूहका ५१४ छन् ।

३०–३९ वर्ष उमेर समूहका २९७, २०–२९ वर्ष उमेर समूहका ११८, १०–१९ वर्ष उमेर समूहका २६ र ९ वर्षमुनिका २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?