Comments Add Comment

अनौठो रितिरिवाजः जहाँ ससुरा र नयाँ बुहारीले गर्नुपर्छ लिप किस

kiss

दुनियाको सबैभन्दा धेरै जनसंख्या भएको छिमेकी देश चीनमा परम्पराहरु पनि अनेक थरीका छन् । चीनमा विवाहका परम्परा पनि निकै रोचक छन् जसको बारेमा सोसल मिडियामा बेला बेलामा खुबै चर्चा हुने गर्दछ । अहिले फेरि एउटा निकै अनौठो बिहे संस्कारका बारेमा निकै चर्चा भईरहेको छ ।

चीनको एक बिहे समारोहका दौरान देखिएको उक्त दृश्यको भिडियो सोसल मिडियामा अपलोड भएपछि त्यसले चर्चा र विवाद बटुलिरहेको छ । भिडियोमा एक व्यक्तिले बेहुलीलाई चुम्बन गरिरहेको देखिन्छ । तर बेहुलीलाई चुम्बन गरिरहेको व्यक्ति बेहुलो नभै बेहुलाको बाउ अर्थात् बेहुलीको ससुरा हो ।

भिडियोमा ससुरा बुहारीले लिप किस गरिरहँदा उपस्थित पाहुनाहरुले ताली बजाएको देखिन्छ । यसरी बुहारीलाई चुम्बन गरेबापत ससुराले १० हजारको बाजी समेत जितेको बताइएको छ ।

उक्त घटना मध्य चीनको हेमन गाउँको रहेको बताइएको छ । खबर अनुसार आफ्नो बिहेको समारोह चलिरहेको बेला बेहुलाले आफ्नो बुवा समक्ष एक शर्त राख्छन् । जसमा आफ्नो बेहुली अर्थात् बाउको बुहारीलाई चुम्बन गरेमा १० हजार युआन पाउने कुरा हुन्छ । बेहुलाका बाउले सहजै शर्त स्विकार्छन् र सबैका अगाडि बुहारीलाई लिप किस गर्दछन् । झण्डै १७ सेकेण्ड सम्म ससुरा बुहारीबीच चुम्बन सत्र चल्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment