Comments Add Comment

प्राधिकरणका सिइओ ज्ञवालीले भने-फेरि स्पष्टीकरण पत्र पाएँ, समयमा जवाफ दिन्छु

sushil-gyawali-6

२२ पुस, काठमाडौ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुनः स्पष्टीकरण पेश गर्न भनी पत्र प्राप्त भएको जानकारी दिएका छन् ।

यसअघि सरकारले सोधेको स्पष्टीकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले १२ पृष्ठ लामो स्पष्टीकरण लेख्दै सरकारलाई नै कुन काममा चित्त नबुझेको हो भन्दै प्रश्न गरेका थिए ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले उनलाई पुन स्पष्टीकरण सोधेर मात्र बर्खास्त गर्न सुझाव दिएपछि उनलाई अर्को २४ घण्टे प्रष्टिकरण लेखिएको हो ।

ज्ञवालीले आज अर्को २४ घण्टे प्रष्टिकरण प्राप्त भएको बताएका हुन् ।

स्पष्टिकरण पेश गर्न अर्को पत्र पाएलगत्तै ज्ञवालीले संचारकर्मीहरुलाई संक्षिप्त प्रक्रिया दिदै भनेका छन्, ‘मैले यसअघिको स्पष्टीकरणमा उल्लेखित प्राधिकरणको समन्वयमा सम्बद्ध निकायहरुद्वारा विभिन्न प्रतिकूलता र चुनौतीहरुका बीच भए गरिएका कार्य प्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारहरुका साथै प्राप्त पत्रमा उल्लेखित विषयका सम्बन्धमा तोकिएको समयावधि भित्र थप स्पष्ट पार्ने छु ।’

उनले आजै सरकारलाई अर्को स्पष्टीकरण बुझाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment