+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राजसंस्था स्थापना नभएसम्म आन्दोलन रोकिँदैन : नवराज सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १४:१२

२५ वैशाख, काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।

बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सुवेदीले आगामी जेठ १५ गतेबाट देशभर जनआन्दोलन सुरु गर्ने घोषणा गरिएको छ ।

घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।

उक्त आन्दोलन घोषणा गर्दै संयोजक सुवेदीले भनेका छन्, ‘२०८२ जेठ १५ देखि शुरू हुने यो आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन ।’

साथै, उनले आन्दोलनका बाँकी कार्यक्रमहरू उपयुक्त समयमा घोषणा हुने जानकारी गराए ।

‘मुलुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपालको अस्तित्वको रक्षा र नेपाली जनताको समग्र हित र समुन्नति नै हाम्रो आन्दोलनको लक्ष्य हो,’ संयोजक सुवेदीले भनेका छन्, ‘बाह्य शक्तिहरूको संलग्नता नरहने यो आन्दोलन नेपाली जनताको लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?