+
+
Shares

घर बाहिरको फिल्म नखेल्ने निखिलको योजना

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १५:१२

nikhil upreti
एक्सन स्टार निखिल उप्रेतीेले घर बाहिरको चलचित्रमा अभिनय नगर्ने योजना बनाएका छन् । धेरै चलचित्रमा काम गर्नु भन्दा थोरै तर, राम्रो चलचित्रमा काम गर्दा मज्जा आउने उनको भनाई छ ।

आफ्नै लगानीमा चलचित्र ‘रुद्र’को सुटिङ गरिरहेका निखिलले कुनै वेला वर्षमा १६ वटासम्म चलचित्रमा काम गरेका थिए । ‘धेरै चलचित्रमा काम गरेर मात्रै उपलब्धि हुन्न अब थोरै तर, राम्रो चलचित्रमा काम गर्छु’ उनले भने ।

उनलाई अहिले पनि कामका लागि थुप्रै चलचित्रवाट प्रस्ताव आईरहेको छ । तर, काम गरेका छैनन् । केही वर्षको ग्यापपछि चलचित्र ‘भैरव’ मार्फत उनी पुनः दर्शकमाझ आएका थिए । दर्शकले सहर्ष स्विकारेपछि उनलाई लाग्यो ‘राम्रो प्रस्तुति दिन सक्यो भने दर्शकले बिर्सदा रहेनछन् ।’

कुनै वेला एक्सन स्टारका रुपमा चिनिएका निखिल अहिले निर्देशक पनि हुन् । उनी पहिलो चलचित्रबाटै निर्देशकका रुपमा दरिए । आगामी दिनमा अभिनयसँगै निर्देशनमा पनि सक्रिय हुने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?