+
+
Shares

विपक्षी ९ दलको सभामा शिवलालको फरक मत

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १६:२८
shivalal-Magar
शिवलाल थापा । फाइल तस्वीर

२२ पुस, काठमाडौं । संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै नेकपा एमालेसहितका विपक्षी ९ दलले शक्ति प्रदर्शन गरेका छन् । प्रदर्शनीमार्गमा आमसभा जारी छ ।

सभामा एमाले महासचिव ईश्वर पोखरेलले संशोधन प्रस्ताव कुनै हालतमा अघि बढ्न नदिने बताए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको नाम किटेर हिन्दी भाषालाई सरकारी कामकाजको भाषा र अंगीकृत नागरिकलाई प्रमुख पद दिन चाहेको आरोप पोखरेलले लगाए ।

तर, ९ दलको सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका नेता शिवलाल थापाले भने फरक मत राखे । संविधान बनाउँदा मगरातलाई तीन टुक्रा पाएको भन्दै उनले अहिले संशोधनमा आएको सीमांकन हेरफेर सकारात्मक रहेको बताए ।

सीमांकन हेरफेर बाहेक संविधान संशोधनका अन्य विषय भने राष्ट्रहितमा नरहेको थापाले बताए । साथै उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागे । उनले यो सरकार अब धेरै दिन टिक्न नसक्ने ठोकुवा गरे ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रचण्ड सरकारले जनताको विश्वास गुमाइसकेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?