+
+
Shares

राप्रपा बैठक: समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड

रासस रासस
२०७३ पुष २२ गते १६:४३

kamal-thapa-and-pashupati-shamsher

२२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज धुम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले पेस गरेको प्रस्तावमाथि छलफल गर्दै पार्टीलाई समावेशी ढङ्गले अगाडि बढाउनेबारे बैठकका अधिकांश सदस्यले धारणा राखेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पार्टीका अधिकांश सदस्यले आगामी महाधिवेशमा महिला, उत्पीडित, जनजाति, मधेसी, मुस्लिमको प्रतिनिधित्वलाई बढाउनुपर्ने धारणा राखेका छन् ।’

राप्रपाको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

यस्तै बैठकमा संविधान संशोधन, तीन तहको निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?