जब-जब चुनाव नजिक आउन थाल्छ, नेपाली चलचित्रका कलाकारहरु कुनै न कुनै पार्टीमा प्रवेश गर्छन् । कहिले माओवादी, कहिले एमाले त कहिले कांग्रेस अनि कहिले राप्रपा ।
कलाकारहरुले राजनीति गर्नु हुँदैन भनिन्छ । राजनीति गरेपनि पार्टीमै प्रवेश गरेर झण्डा बोक्न भने हुदैन भनिन्छ । तर, अहिले नेपाली कलाकारको हकमा यो लागू भएको छैन ।
थुप्रै कलाकारले पार्टीको झण्डा बोकेपनि नायक राजेश हमालले अहिलेसम्म औपचारिक रुपमा कुनै पार्टीमा आवद्ध भएको घोषणा गरेका छैनन् । उनै, हमालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको एक तस्बिर पोष्ट गरेका छन् । जहाँ, उनले लेखेका छन्-‘कुनै पाटी विशेषमा नलाग्नुको फाइदा, राम्रो काम गर्नेको खुलेरै प्रशंसा गर्न सकिदो रहेछ ।’
उनले केपी ओलीको खुलेरै कस्तो प्रशंसा गरे भन्ने खुलाएका छैनन् । तर, उनले ओलीलाई शुभकामना पनि दिएका छन् । कतै, हमालको यो स्टाटसले, पार्टीमा लाग्ने कलाकारलाई व्यङ्ग्य त गरेको छैन ?
प्रतिक्रिया 4