Comments Add Comment

घर जग्गादेखि सुन चाँदी व्यवसायसम्म कालो धन लगानी

सम्पत्ति शुद्धीकरण बिभाग भन्छ- सूचना कमजोर भयो

२२ पुस, काठमाडौं । आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिमा कार्वाही चलाउन ०६८ सालमा सम्पत्ति शुद्धीकरण विभाग स्थापना भएको थियो । तर, विभागले ६ वर्षमा ३७ वटा मात्रै मुद्दा चलाएको छ । तिमध्ये २२ मुद्दाको फैसला भएकामा १९ मुद्दा विभागले जितेको छ ।

sampati-suddikaranविभागको तथ्यांकअनुसार अहिलेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धी एक हजार ५० उजुरी परेका छन् । विभागका महानिर्देशक जीवन प्रकाश सिटौलका अनुसार उजुरीमा अनुसन्धान भैरहेको छ ।

‘नियमन गर्ने निकाय र सूचना कमजोर’

विभागमा परेका धेरैजसो उजुरीहरु अत्यधिक एटीएमको प्रयोग गर्नेदेखि सुन चाँदी तथा घरजग्गा व्यवसायी, सहकारीहरुविरुद्ध छन् ।

महानिर्देशक सिटौलाले भने, ‘हाम्रो अध्ययनमा एटीएम कार्डको प्रयोगदेखि सहकारीहरुसम्म कालो धन प्रयोग गर्ने माध्यमका रुपमा देखिएका छन् । घरजग्गाको नाममा कालो धन प्रयोग भैरहेको देखिएका छन् तर तिनलाई नियमन गर्ने निकाय छैन,’ सिटौलाले भने ।

त्यसो त नेपालमा हातहतियारको कारोबारदेखि क्यासिनोसम्म अवैध सम्पतिलाई शुद्धीकरण गर्ने माध्यम बनिरहेको विभागको बुझाइ छ । नेपालमा करिब ९० अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरणको छानबिनमा पर्नसक्ने अनुमान गरिएको छ ।

आपराधिक समूहको लगानीदेखि अपराध गरेर कमाएको सम्पत्तिसम्मको खोजी गर्ने संयन्त्र कमजोर हुँदा सम्पति शुद्धीकरण विभागले कार्वाही गर्न नसकेको सिटौलाले बताए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्ष बैंकहरुबाट भएका कारोवारहरु मध्य १६ सय करोवार शंकास्पद देखिएको रिपोर्ट आएको छ । तर त्यो रिपोर्ट पर्‍याप्त नभएको विभागको बुझाई छ ।

‘महालेखापरीक्षक कार्यालय, क्यासिनो, लेखा व्यवसाय तथा नोटरी पब्लिकहरु अवैध सम्पत्तिबारे सूचना दिन सक्ने निकायहरु हुन् । तर त्यस्ता निकायबाट हामीलाई निकै कम सूचना आउने गरेका छन् ।’ विभागका निर्देशक विनोद लामिछानेले भने ।

नेपाल कालोसूचीमा पर्न सक्ने

राष्ट्र बैंक तथा सरकारका अन्य निकायले आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति देखियो भनेर खबर गरेपछि अथवा रिपोर्ट दिएपछि विभागले अनुसन्धान गर्ने निर्देशक लामिछानेले बताए ।

सम्पति शुद्धीकरण सम्बन्धी नेपालले गरेको कार्वाहीबारे एफएटिएफले सन् २०१९-२० नेपालबारे अध्ययन गर्दैछ । यदि त्यति बेलासम्म कालो धनविरुद्ध प्रभावकारी कारबाहीमा कदम चाल्न नसके नेपाल कालो सूचीमा पर्न सक्ने विभागको चेतावनी छ ।

विभागले पाँच गुण्डाहरुको सम्पत्ति छानविन गरेर चलाएको मुद्दा टुंगिएको छैन भने नक्कली भारुको कारोवारको आरोपमा जेल सजायँ भुक्तान गरिरहेका युनुस अन्सारीको सम्पत्तिमा पनि अनुसन्धान अगाडि बढाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment