२४ पुस, सप्तरी । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले खस जातिलाई मात्र जोडेर बनाइएको संकिर्ण राष्ट्रियताले मुलुकमा अशान्ति ल्याउनुबाहेक केहि गर्न नसक्ने बताएका छन् ।
खस जातिलाई मात्रै जोडेर राष्ट्रियताको परिभाषा बनाइएको भन्दै उनले यसले मुलुकमा अशान्ति मच्चाउनुका साथै देशलाई बिखण्डन गराउन सक्ने चेतावनी दिए ।
राजविराज कारागारमा रहेका जिल्ला नेता अनिल साह ‘अरुण’लाई भेट्न आइतबार बिहान राजविराज आएका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुलुकको स्वाधिनता, सार्वभौमसत्ता रक्षा गर्न हिमाल, पहाड र मधेसी, थारु, आदिवासी, जनजाति र खस आर्यको कलष्टर मिलाएर अघि बढ्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यसो गरेमा मात्रै राष्ट्रियता मजबुत हुन सक्ने बताउँदै उनले राष्ट्रियतालाई इन्द्रधनुषको जस्तै बनाउनुपर्नेमा जोड दिए । ‘खस आर्य मात्रै नेपाली होइन,’ उनले भने, ‘मधेसी, थारु, आदिवासी जनजाति सबै नेपाली हुन् । यसैले सबैलाई नेपाली सरहको अधिकार दिनु जरुरी छ ।’
संसदमा पेश भएको संविधान संशोधन विधेयक परिमार्जनसहित अगाडि बढाउन आग्रह गर्दै उनले पूर्वको झापा, मोरङ र सुनसरीलाई पनि दुई नम्बर प्रदेशमा राखेर समिांकन विवाद टुंग्याउनुपर्ने बताए ।
प्रतिक्रिया 4