२४ पुस, सप्तरी । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जिल्ला नेता अनिल साह ‘अरुण’लाई भेट्न राजविराज कारागार पुगेका छन् ।
तर, कारागारमा ९५ वर्षीय बृद्धलाई देखेपछि डा. भट्टराई आक्रोशित बने । किर्ते जालसाजी मुद्दामा कैदी जीवन बिताइरहेका सुर्यनारायण मण्डललाई देखेपछि भट्टराईले यो अमानवीय काम भएको बताए । ‘नेपालको कानुनमा आफूले बुझेसम्म ९५ वर्षीयलाई कारागारमा राख्न मिल्दैन,’ उनले भने ।
राजविराज कारागारको अवस्था दयनीय रहेको बताउँदै उनले थोरै कैदी अट्ने कारागारमा धेरैलाई कोचिएर राखेको बताए । उनले जाडोको समयमा पनि पक्की छाना नभएको कारागारमा कैदीहरुलाई खुल्ला ठाउँमा राखिएको बताउँदै यस्तो अमानवीय काम नगर्न आग्रह गरे ।
युद्धकालमा रायपुरस्थित स्वाबलम्बन बैंकको १६ हजार रुपैयाँ जबरजस्ती कब्जा गरेको भन्दै सप्तरी जिल्ला अदालतले २०७१ सालमा उनलाई ४ वर्ष डेढ महिना जेल सजाय तोकेको थियो । मण्डल नयाँ शक्ति नेपालका सप्तरीका पूर्व संयोजक हुन् ।
प्रतिक्रिया 4